नेभिगेशन
फोटो ग्यालरी

नारी निकुञ्ज अष्ट्रेलियाले सिड्नीमा तीज कार्यक्रम गर्यो 

सिड्नी । नेपाली नारीहरुको महान् पर्व हरितालिका तीजको अवसरमा नारी निकुञ्ज एन एस डब्लु राज्य समितिले सिड्नीको २१९ पारामाटा रोड स्थित ग्र्याण्ड प्यालेस फंसन सेन्टरमा तीज कार्यक्रम सम्पन्न गरेको छ । यहि अगष्ट १० तारिख शनिवार सम्पन्न सो तीज कार्यक्रममा  सिड्नीमा बसोबास गरेका नेपाली नारीहरुको ठुलो संख्यामा सहभागिता रहेको थियो ।

कार्यक्रममा गायीका कोमल ओलीले आफ्नो गीत प्रस्तुत गरेकी थिइन् । उपस्थितजनहरुले तीजको मौलिक गीत गाएर र नाचेर भरपुर मनोरंजन लिएका थिए । 

कार्यक्रममा एनएसडब्लु राज्यका महाबाणिज्यदुत  सञ्जीव शर्माले कार्यक्रमका प्रायोजकहरुलाई सम्मान स्वरूप मायाको चिनो प्रदान गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्