नेभिगेशन
न्यू साउथ वेल्स

रक्डेलको ईन्द्रेणीमा आज तीज साँझ कार्यक्रम हुने 


सिड्नी ।  अष्ट्रेलियाका विभिन्न शहरहरुमा तीज कार्यक्रम गर्नेगरि तीज कार्यक्रम गर्दै आएको दिदि बहिनि ईभेण्ट्सले आज सिड्नीको रक्डेल स्थित ईन्द्रेणी फंसन सेन्टरमा " तीज साँझ " कार्यक्रम गर्दैछ । नेपालका लोकप्रिय कलाकारहरु पशुपति शर्मा ,देबी घर्ती र रुबिना अधिकारीको बिशेस प्रस्तुति रहने आजको साँझमा स्तानिया कलाकारहरु रोशन रेग्मी ,निशा के सी ,स्वस्तिका ढकाल ,बिजया केसी आफ्नो गीत संगीत र नृत्य प्रस्तुत गर्नेछन् । कार्यक्रममा साना साना बाबु नानीहरुले सामुहिक नृत्य प्रस्तुत समेत गर्नेछन् । 
आयोजकका अनुसार  अपरान्ह ५. ३० बजेदेखि तीज कार्यक्रम सुरु हुनेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्