नेभिगेशन
न्यू साउथ वेल्स

डब्बोमा तीज कार्यक्रम गरिने 


डब्बो ।  नेपालीहरुको संख्या उल्लेख्य रुपले बढ्दै गएको एन एस डब्लु राज्यको पश्चिम ग्रामिण शहर डब्बोमा हरितालिका तीजको अवसर पारेर तीज कार्यक्रम गरिन्वे भएको छ । डब्बो नेपाली समाज अष्ट्रेलियाको आयोजनामा हुने सो कार्यक्रम यहि अगस्ट २४ तारिख शनिवार डब्बो स्थित डब्बो रिजनल थियटर एण्ड कन्भेन्सन सेण्टरको  हलमा अपरान्ह ५. ३० बाट सुरुहुने आयोजक सस्थाले जनाएको छ ।

सस्थाका अनुसार कार्यक्रममा सहभागिताको लागि ४ सय भन्दा बढीले टिकट किनिसकेका छन् । बिगत बर्षहरुको भन्दा यस वर्ष बिशेस रुपले तीज कार्यक्रम गरिने छ कार्यक्रममा नेपाली समुदायद्वारा संचालनमा रहेको "नानी बाबु नेपाली पाठशाला "का सानासाना बाबु नानीहरुले साँस्कृतिक नृत्यका साथै विभिन्न भेष भुषामा सजिएर आफ्नो प्रस्तुति दिनेछन् । 
कार्यक्रममा बालबालिका ,बयस्क र बुवा आमाको तीन पुस्ताले नेपाली मौलिक तीजको गीत र नृत्यबाट भरपुर मनोरंजन लिने आयोजक सस्थाले जनाएको छ । कार्यक्रमको बारेमा थप जानकारी चाहिएमा शर्मिला महर्जन ०४५०७७४६६५ र राजिव भट्टराईलाई ०४२६७७१८७१ मा सम्पर्क गर्न सकिनेछ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्