नेभिगेशन
बिचार/ब्लग

पिसाब चुहिन्छ साथी ?


केही वर्षअघि ५० वर्षीया मेरी एकजना साथीले मलाई भनेकी थिइन्, ‘म अफिस बाहिर कतै एक दिन जाँदा पनि ब्यागमा लुगा हालेर जान्छु । त्यो नगरे त मलाई समस्या पर्छ ।’  ‘अरु कसैलाई भन्नै गाह्रो छ ।’‘मलाई त हाच्छ्युँ गर्दा, धेरै हाँस्दा, लामो समय उभिरहँदा, खोक्दा अलि–अलि पिसाब चुहिन्छ । लुगा भिज्छ, आफैंलाई गन्हाउँछ, अनि लुगा फेर्नैपर्छ । त्यसैले मैले एक जोर लुगा बोक्नैपर्छ । यसरी धेरै पिसाब नचुहियोस् भनेर पानी पनि कम पिउँछु ।’मैले भने, ‘यस्तो त धेरै महिलाहरूलाई हुन्छ । महिलाहरू व्यथा बोकेर चुप लाग्छन् । सल्लाह लिने, उपचार गर्ने चलन छैन । ‘यो मलाई मात्र हो’ भनेर अस्पताल जाँदैनन् । तर सुरुकै अवस्थामा दैनिक व्यायाम गरे यो समस्या धेरै नियन्त्रणमा आउँछ ।“ पिसाब चुहिन्छ भनेर पानी कम खानु त हानिकारक हुन्छ । यसले अन्य समस्या निम्तिने हुन्छ । पानी कम भए पिसाबको संक्रमण हुनसक्छ । यसरी संक्रमण भइरहे मिर्गौलामा पनि समस्या पर्न सक्छ ।  पानी कम पिउँदा पिसाब चुहिने समस्याको समाधान हुँदैन, यो अरु रोगको कारणले हुन्छ ।
३४–४० वर्षको उमेरमा हाँस्दा र हाच्छ्युँ गर्दा वा कति महिलालाई महिनावारी सुकेपछि पिसाब चुहिने समस्या हुनसक्छ । कतिपयले केही गह्रौं सामान उचालेपछि पिसाब तुरुक्क चुहिने समस्या सुरु भएको भन्छन् । गाउँघरमा धेरै भारी बोक्ने, धेरै बच्चा जन्माएका महिलालाई यो समस्या हुनसक्छ । नियमित व्यायाम र शरीरलाई मोटो हुन नदिने हो भने यो समस्या कम हुन्छ ।
के हो पिसाब चुहिने समस्या ?
चिकित्सकीय भाषामा यसलाई ‘युरिनरी इन्कन्टिनेस’ वा ‘मूत्र असंयम’ भनिन्छ । महिलालाई यसले दैनिक जीवनमै अप्ठ्यारो गराउँछ । सामाजिक क्रियाकलापमा पनि सहभागी हुन वा खुलेर हाँस्न पनि गाह्रो हुन्छ । महिलामा यस किसिमको समस्या हुनुको कारण पिसाब थैलीको मांसपेसी कमजोर वा खुकुलो हुनु हो । हाँस्दा, उफ्रिँदा, हाच्छ्युँ गर्दा, गह्रौं सामान उचाल्दा पेटको मांसपेसीमा बल परेपछि पिसाब थैलीमा जोड पर्दा पिसाब चुहिन्छ । यस्तो समस्या हुँदा छिटो–छिटो पिसाब गर्न जान मन लाग्ने तर शौचालय नपुग्दै पिसाब चुहिने गर्छ । अनि शरीर गन्हाएर गुप्ताङ्ग चिलाउँछ । घाउ हुन्छ । यो समस्या कसैलाई भन्न पनिगाह्रो हुन्छ । मूत्राशयमा, मूत्रनलीमा संक्रमण भए यो समस्या झन् बढ्छ । महिनावारी रोकिएपछि, धेरै मोटा, मधुमेह भएका महिलालाई पनि यस्तो समस्या हुनसक्छ । त्यसैले सुत्केरी भएपछि नै प्रजनन् अंगको मांसपेसी बलियो बनाउने व्यायाम गर्नुपर्छ । ‘किगल’ व्यायाम गर्न सिकेकी मेरी एउटी साथीको उक्त व्यायामबाट ८० प्रतिशत समस्या कम भएको थियो । यो व्यायाम ‘किगल’ नामका डाक्टरले पहिलोपटक सुरु गरेका थिए । यो व्यायाम एक/दुई दिन गरेर हुँदैन, यसलाई दैनिक जीवनको अङ्ग नै बनाउनुपर्छ ।
गर्भावस्थाको सुरुवातदेखि घरीघरी पिसाब लाग्ने हुन्छ भने गर्भावस्थाको अन्तिम महिनामा पनि मूत्राशयमा दबाब बढ्नाले बारम्बार पिसाब लाग्न थाल्छ । यस्तो अवस्थामा कतिपय गर्भवती महिलालाई खोकी लाग्दा पनि पिसाब चुहिन सक्छ । 
 केही महिलाहरूलाई सुत्केरी भएपछि पनि पिसाब चुहिने समस्या हुनसक्छ । यो समस्या कम गर्न केही व्यायाम गर्नु आवश्यक हुन्छ । जसले गर्दा पुठ्ठाका मांसपेसीहरू बलियो हुनुका साथै यो समस्या बिस्तारै कम हुन्छ । खानामा रेसादार तत्व कम छ भने कब्जियत हुन्छ जसले गर्भावस्थामा पुठ्ठाका मांसपेसीहरूमा दबाब हुन्छ ।
 कोक, फेन्टा आदि गुलिया पेय पदार्थ पिउँदा धेरै पिसाब र पिसाब चुहिने समस्या बढाउँछ । पानीको प्रयोगले गर्दा कब्जियत कम हुन्छ । शरीरमा पानीको कमी नहोस् भनेर पानीमा कागती, तुलसी हालेर पिउनुपर्छ ।
उपचार
किगल व्यायाम
योगासन- आसनहरू दैनिक प्रयोग गर्दा पनि समस्या केही कम गर्न सकिन्छ ? सर्वाङ्गासन, उष्ट्रासन, उत्कटासन, ताडासन आदिले मेरुदण्डमा पुठ्ठाको, जननेन्द्रियको मांसपेसीलाई बलियो बनाउँछ ।  सुत्केरीले यस्ता योगासनहरू गरे ‘पिसाब चुहिने’ समस्या कम हुन सहयोग पुग्छ ।
सफाइ- सुत्केरी अवस्थामा जननेन्द्रियमा संक्रमण नहोस् भन्ने महिलाले निम–तीतेपाती आदि पानीमा उमालेर जननेन्द्रिय धुनुपर्छ । 
 ४०–४५ वर्षको उमेरमा महिनावारी सुक्ने बेलामा महिलाको शरीरमा ‘एस्ट्रोजन’ नामक हर्मोनको कमीले पाठेघर र पिसाब थैलीका मांसपेसी पातलो हुने सम्भावना हुन्छ । अनि पिसाब चुहिने समस्या हुनसक्छ ।
जीवनशैली- स्वस्थकर जीवनशैली / खानपान, अनुशासन आदिले यो समस्या केही कम गर्न सकिन्छ 
यस्तो समस्या परेका महिलाहरूले पिसाब धेरै लाग्छ भनेर पानी, झोल पदार्थ पिउन कम गर्नुहुँदैन ।  धूम्रपान त्यागेकै राम्रो हुन्छ । 


 विश्वमा झन्डै २० प्रतिशत महिलालाई यो समस्या भएको तथ्यांक पाइन्छ । नेपालमा यसको खासै अनुसन्धान त गरिएको छैन तर पाठेघरको शल्यक्रिया गरेका, महिनावारी रोकिएका महिलालाई यो समस्या बढी हुनसक्छ । 
 समस्या भएका महिलाले स्वास्थ्यकर्मीसँग सल्लाह लिएर किगल व्यायाम, योगासन सिक्नुपर्छ । तौल धेरै छ भने घटाउने, मधुमेहको समस्या भएकाले औषधि , खानपिनमा ध्यान दिनुपर्छ । यो समस्यालाई बोझ नमानेर  व्यवस्थापन गर्न सकिन्छ ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप बिचार/ब्लग
मेरो बाउलाई "अष्ट्रेलियन फादर्स डे "को शुभकामना 

मेरो बाउलाई "अष्ट्रेलियन फादर्स डे "को शुभकामना 

यो खबर सुनेर घरमा आमा/बाउ, अनी भुरा भुरी भाई/बैनीहरू सुभैरा, ईखे, उमेश..अनी कल्पना चै कोक्रैमा थियो..) कम्ता रमाको हैन बिचराहरू सबैले भित्रभित्र आफ्नो आफ्नै सपना बुन्नु थाले पक्कै...
आश जगाउनुस् अनि पुर्पुरोमा लेखि ल्याएको अझैं ५/७ चोटी प्रधान मंत्री भै रहनुस् !

आश जगाउनुस् अनि पुर्पुरोमा लेखि ल्याएको अझैं ५/७ चोटी प्रधान मंत्री भै रहनुस् !

यस्तो नाराबाजी गर्ने तथा देउवाले भनेका ‘बकवासहरू’ कम शक्तिशाली होईनन्। अब देउवा, ओलीहरू बुजुर्ग भए। उनिहरूलाई लाग्दो हो-“बुजुर्गहरूले समाजलाई दिशा दिन्छ। काँग्रेस वा कम्युनिष्टको बलको मियों हुन् समाजका...