नेभिगेशन
न्यू साउथ वेल्स

ग्रेटर सिड्नी नेप्लिज मल्टिकल्चरल सेन्टर निर्माणमा जुट्न सस्थाले अपिल गर्यो 


सिड्नी । धेरै नेपालीहरु बसोबास गर्दै आएको सिड्नीमा बहुसास्कृतिक सामुदायीक केन्द्रको निर्माणका लागि ग्रेटर सिड्नी नेप्लिज मल्टिकल्चरल सेन्टरले समन्धित सबै पक्षसँग अपिल गरेको छ । सस्थाका अध्यक्ष बिष्णु हमाल र प्रबक्ता शिव बन्जराद्वारा हालै जारि बिज्ञप्तिमा सस्थाको कानुनी प्रक्रिया अनुसार दर्ताको काम सकिएको उल्लेख गरिएको छ । बिज्ञप्तिमा वृहत सिड्नी नेपाली बहुसास्कृतिक केन्द्र एउटा महत्वाकांक्षि र दीर्घकालीन महत्वको सामुदायीक परियोजना भएकोले यस माअभियानमा समुदायका सम्पूर्ण सदस्यहरु जुट्नुपर्ने खाँचो औल्याइएको छ । पहिलो चरणमा भवन निर्माणको लागि उपयुक्त क्षेत्रको पहिचान गर्ने र जग्गा खरिद गर्न अर्थ संकलन गर्नका लागि बिबिध कार्यक्रम गरिने बिज्ञप्तिमा जनाईएको छ । 
सामुदायिक भवन निर्माणका बिषयमा कुरागर्दै एन आर एन ए अष्ट्रेलिया का अध्यक्ष अनिल पोखरेलले - अष्ट्रेलियामा रहेका नेपालीहरुको गौरवको योजनाको रुपमा रहेको ग्रेटर सिड्नी नेप्लिज मल्टिकल्चरल सेन्टर निर्माणका लागि एनआरएनए अष्ट्रेलियाले "वाक फर सामुदायिक भवन " कार्यक्रम गर्ने बताए । उनले समुदायका सबै वर्ग र समुहको अपनत्व हुनेगरि निर्माण गरिने सामुदायिक भवन निर्माणमा सबैले सकेको सहयोग र साथ दिनुपर्ने खाचो औल्याए । सस्थाका अध्यक्ष बिष्णु हमालले - सबैको चासो र खाँचो को रुपमा रहेको सामुदायिक भवन निर्माणको अभियानलाई प्रभावकारी रुपले अगाडि बढाउन कार्यसमितिले सबै वर्ग समुदाय र क्षेत्रलाइ समेटेर ५ सय १ जनालाई  सद्भावना राजदुतको चयन गरिने र त्यसमाध्यमबाट यो अभियानलाई समुदायको तल्लो तहसम्म पुर्याउन सहयोग पुग्ने बिस्वास लिएको बताए । उनले भने - करिव एक लाखको हाराहारीमा नेपालीहरुको संख्या रहेको न्यू साउथ वेल्स राज्यमा  सामुदायिक भवनको आजीवन सदस्य बनाउन सबैले सक्दो प्रयास गर्नु पर्छ ।  पहिले रकम जम्मा गरेर जग्गा खरिद गरिने प्रक्रिया अगाडी बढाइने उनले बताए ।  सस्थाले आजीवन मेम्बरसिप एकजनाको १००० डलर र फेमिलीको १५०० डलर तोकिएको छ । 
त्यसैगरी प्रबक्ता शिब बन्जराले सामुदायिक भवन निर्माणमा आर्थिक सहयोग संकलन गर्नेगरि सिड्नीमा आध्यात्मिक कार्यक्रम गरिने र त्यसको बिस्तृत जानकारी छिट्टै नै सार्बजनिक गरिने उल्लेख गरे । 
गत अप्रिल २८ तारिख का दिन सिड्नीको पन्चबल स्थित कास्टमण्डप फंसन सेन्टरमा भएको बृहत् भेलाले  बिष्णु हमालको अध्यक्षतामा १९ सदस्यीय बोर्ड अफ डाइरेक्टरहरुको समिति गठन गरेको थियो ।  सस्थाको बिधानमा  ५ सदस्यीय संरक्षक समिति ,२१ सदस्यीय सल्लाहकार समिति, बढीमा ५ सय १ जना साँस्कृतिक दुत रहनेगरी समिति गठन गर्ने प्राबधान राखिएको बिज्ञप्तिमा जनाइएको छ ।  
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्