नेभिगेशन
खेलकुद

काभा महिला भलिबल : इतिहास रच्नबाट चुक्यो नेपाल, भारत च्याम्पियन

काभा महिला भलिबल नेसन्स लिगको उपाधि भारतले जितेको छ । फाइनल खेलमा घरेलु टिम नेपाललाई ३-२ को सेटमा हराउँदै भारत च्याम्पियन बनेको हो । नेपाल २–१ ले अगाडि रहे पनि आफ्नो फर्मलाई निरन्तरता दिन नसक्दा पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलमा नेपालले पहिलो सेट २५-२३ ले जितेको थियो भने दोस्रो सेट भारतसँग १५-२५ ले गुमाएको थियो ।

तेस्रो सेट २५-२२ ले जितेको नेपालले चौथो सेट भने २१-२५ ले गुमायो । दुई-दुई सेट जितेर प्रतिस्पर्धात्मक भएको खेलको अन्तिम सेट भारतले १५-५ को फराकिलो अन्तरले जित्यो ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
सहारा मेलबर्न गठन

सहारा मेलबर्न गठन

बेसहाराहरूको सहारा बनेर पोखराबाट खेलुकदमा चम्किएको सहाराले आफ्नै एकेडेमी चलाउनुका साथै मोफसलको ठूलो फुटबल प्रतियोगिता आहा रारा गोल्ड कपलगायत विविध सामाजिक काम गर्दै आएको छ ।
साफ यू २० मा नेपालको विजयी सुरुवात

साफ यू २० मा नेपालको विजयी सुरुवात

साफ यू-२० च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलमा नेपालले श्रीलंकालाई पराजित गरेको छ।