टेनिस स्टार नोभाक जोकोभिचले पेरिस ओलम्पिकमा स्वर्ण जितेर करिरसको गोल्डेन स्लममा पनि पूर्णता दिएका छन् । ३७ वर्षे यी खेलाडीलेफाइनलमा स्पेनिस खेलाडी कार्लोल अल्काराजलाई हराएका हुन् ।
बेइजिङ, लन्डन, रियो दिन जेनेरिया र टोक्यो ओलम्पिकमा स्वर्ण जित्न नसकेका सर्बियन खेलाडीले रोनाल्ड ग्यारोजमा भने उपाधि आफ्नो नाममा गरेका छन् । उनले यो उपाधिको लागि निकै लामो संघर्ष गरेका हुन् ।
गएराति भएको फाइनल खेलमा उनले ७-३ र ७-२ ले उपाधि जितेका हुन् । शीर्ष वरीयताका जोकोभिचले फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरे । यससँगै उनी सबै चार ग्रान्डस्लामसँगै ओलम्पिक पनि जित्ने पाँचौं खेलाडी बनेका छन् ।
पेरिस ओलम्पिककै बाँकी खेलमा भने दक्षिण कोरियाका किम वो-जिनले आर्चरीमा स्वर्ण जितेका छन् । उनले आफ्नो देशको लागि पाँचौं स्वर्ण जितेका हुन् । दक्षिण कोरियाले महिला व्यक्तिगत र टिम इभेन्टमा पनि स्वर्ण जितेको थियो ।
काभा महिला भलिबल नेसन्स लिगको उपाधि भारतले जितेको छ । फाइनल खेलमा घरेलु टिम नेपाललाई ३-२ को सेटमा हराउँदै भारत च्याम्पियन बनेको हो ।बिहीबार, साउन २४, २०८१