चीनलाई फाइनलमा हराएर स्वर्ण जितेपछि ताइवानका खेल समर्थकले खुसीयाली मनाएका छन् । ताइवानले जारी पेरिस ओलम्पिकमा पहिलो स्वर्ण जितेसँगै त्यहाँका जनताले ठूलो मासमा भेला भएर खुसी साटासाट गरेका छन् ।
इतिहासदेखि नै ताइवानलाई चीनले आफ्नो हिस्सा बताउँदै आए पनि ताइवानले आफू स्वतन्त्र देश भएको दाबी गर्दै आइरहेको छ । यस्तोमा गएराति भएको पुरुष ब्याडमिन्टन डबल्सको फाइनलमा ताइवानका लि याङ र वाङ चि-लिनको जोडीले स्वर्ण चीनका लियाङ वेकिङ र वाङ चाङलाई हराउँदै स्वर्ण जितेका हुन् ।
प्रतिस्पर्धात्मक फाइनल खेल हेर्नको लागि ताइपेइस्को मुख्य ट्रेन स्टेसनमा रातिको १० बजे स्थानीय ठूलो संख्यामा भेला भएका थिए । उनीहरुले ताइवानी झन्डा र राष्ट्रिय रंग देखाएर आफ्ना खेडालीको समर्थन गरेका थिए । यो फाइनल खेल ताइवानी समर्थकको लागि सनसनीपूर्ण रहेको उनीहरुले बताएका छन् । ताइवानलाई चीनले आफ्नो स्वायत्त प्रान्त बताए पनि ताइवानले आफ्ने सम्प्रभुता भएको दाबी गर्दै आएको छ।
काभा महिला भलिबल नेसन्स लिगको उपाधि भारतले जितेको छ । फाइनल खेलमा घरेलु टिम नेपाललाई ३-२ को सेटमा हराउँदै भारत च्याम्पियन बनेको हो ।बिहीबार, साउन २४, २०८१
टेनिस स्टार नोभाक जोकोभिचले पेरिस ओलम्पिकमा स्वर्ण जितेर करिरसको गोल्डेन स्लममा पनि पूर्णता दिएका छन् । ३७ वर्षे यी खेलाडीलेफाइनलमा स्पेनिस खेलाडी कार्लोल अल्काराजलाई हराएका हुन् ।सोमबार, साउन २१, २०८१