नेभिगेशन
खेलकुद

श्रीलंकाविरुद्धको दोस्रो एक दिवसीय क्रिकेटमा भारत पराजित

श्रीलंकामा जारी दोस्रो एक दिवसीय क्रिकेटमा आयोजक श्रीलंकाले भारतलाई ३२ रनले हराएको छ । एक दिवसीय क्रिकेटमा तीन वर्षपछि श्रीलंकाले भारतलाई हराएको हो । यससँगै सिरिजमा अहिले श्रीलंकाले अग्रता बनाएको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको श्रीलंकाले कोलम्बोमा नौ विकेटको क्षतिमा दुई सय ४० रन बनाएको थियो । तर उसले राम्रो ओपनिङ भने गर्न सकेन । ओपनर पाथुम निसान्का शून्यमै आउट भए । यद्यपि अभिषेक फर्नान्डोले ४०, कुशल मेन्डिसले ३० तथा मामिन्दु मेन्डिसले ४० रन बनाएका थिए ।

भारतका लागि वासिङ्टन सुन्दरले तीन विकेट लिए भने कुलदीप यादवले दुई विकेट आफ्नो नाममा गरे । जवाफमा भारतले उत्कृष्ट सुरुआत गरे पनि लक्ष्य पूरा गर्न सकेन । उसले ४२ ओभर दुई बलमा सबै विकेट गुमाएर दुई सय ८ रन मात्र बनाउन सक्यो । ओपनिङ जोडी रोहित शर्मा र सुभ्मन गिलले ९७ रनको साझेदारी गरे । ४४ बलमा ६४ रन बनाएर रोहित शर्मा आउट भए । सुभ्मनले पनि ३५ रनको योगदान गरे । विराट कोहलीले भने १४ रन मात्र बनाउन सके ।

त्यसपछि लगातार शिवम् दुवे, श्रेयस अयर, केएल राहुल र मोहम्मद सिरज आउट भए । पाँचौ बलरका रुपमा मैदान आएका जेफरी वन्देरसेले ६ विकेट लिएपछि भारत धरापमा परेको हो । उनका अलावा चरिथा असलंकाले पनि तीन विकेट लिए । सिरिजको पहिलो खेल टाइ भएको थियो । सिरिजको अन्तिम खेल बुधबार हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
सहारा मेलबर्न गठन

सहारा मेलबर्न गठन

बेसहाराहरूको सहारा बनेर पोखराबाट खेलुकदमा चम्किएको सहाराले आफ्नै एकेडेमी चलाउनुका साथै मोफसलको ठूलो फुटबल प्रतियोगिता आहा रारा गोल्ड कपलगायत विविध सामाजिक काम गर्दै आएको छ ।
साफ यू २० मा नेपालको विजयी सुरुवात

साफ यू २० मा नेपालको विजयी सुरुवात

साफ यू-२० च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलमा नेपालले श्रीलंकालाई पराजित गरेको छ।