नेभिगेशन
अष्ट्रेलिया समाचार

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

मायालु जोडीको लागि रानी महल र ताज महल

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।

ओपेराको आगनमा रहेको सीडनीको मुटुमा रहेको टाउनहल क्षेत्रको सार्क होटलको तल्लो तलामा यसै साता लामो समयको प्रयासपछि नेपालीको लगानीमा माया लाउन्स एन्ड बार सन्चालनमा आएको छ । कार्यक्रमको सीलसिलामा सीडनी आइपुगेका मह जोडी हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले अनौपचारीक रुपमा यस पबको उदघाटन गरेका थिए।

उनिहरुले नेपाली व्यबशायीले अस्ट्रेलियाको सीडनीमा समेत यति बिशाल पब सन्चालनमा ल्याउनु अर्थपुर्ण र महत्वपुर्ण भएको बताए । करिब तिन सय क्षमता भएको माया लाउन्स बारको औपचारिक रुपमा नेपालको चर्चित अग्लीज ब्यान्डको संगितसँंगै शुक्रबार औपचारिक सुरुआत हुने भएको छ । दश बर्षपछि एकाकार भएको अग्लीज ब्यान्डले शुक्रबार आफ्नो गित संगित घन्काउदैगर्दा सीडनी शहरमा पनि नेपाली गित संगितले आफनोपन झल्काउने भएको छ ।

अस्ट्रेलियामा नेपालीको लगानीमा राम्रा रेस्टुरेन्ट र साना तिना पब नभएका होइनन तर करिब तिस करोडको लगानिमा तिन बर्ष लगाएर नेपालीपन झल्काउने माया संभवत ठुलो आकारको पहिलो नेपाली पब हुने छ । सीडनीको रात्रि जिवनमा नेपालीपन झल्काउने र मनोरन्जनको आभास दिने माया लाउन्ज पहिलो पब हुने यसका व्यबस्थापक सिर्दाथ पौडेल बताउछन । बिदेशी भुमिमा करिब तिन सय क्षमता भएको र शहरको मुख्य चोकमा रहेको मायाको सुरुआत मायालुहरुको लागिअ बिस्मरणीय हुने बिश्वास लिएका छौ, पौडेलले बताए । शहरको मुख्य चोकमा रहेको माया पब नेपालीहरुको लागिमात्र नभइ अस्ट्रेलियनहरुको लागिपनि फरक स्वादको अलग लाउन्ज बन्ने छ ।

प्राविधिक र कामकाजी समस्यामा करिब तिन बर्षदेखि योजनामा रहेको माया लाउन्जले निकै व्यबधान पार गर्दै आफ्नो स्वरुपको उजागर गर्न पाएको हो । यसका लागि नेपाली मायासँंग जोडिएका नामलाई पनि हामीले खानेकुरा र पेयका बिभिन्न परिकारसँंग जोडेका छौ, जस्तो रानीमहल ककटेल होस या ठेट नेपाली स्वादका परिकार , पौडेले भन्छन ।

यसको बिशेषता भनेको नेपाली गित संगित र नेपालीपनको पहिचान अनि प्रर्वधन पनि हो, लगानिकर्तामध्ये एक राम श्रेष्ठ बताउछन । हामीले धेरै अघिदेखि यसको तयारी थालेका थियौ तर प्राविधिक र अन्य समस्याले केहि ढिलो भएको छ तर हामी आशाबादी छौ, किनभने माया लाउन्जले नेपाली तथा अस्ट्रेलियनहरुको माया पाउने कुरामा हामी बिस्वस्त छौ रामले सुनाए । नेपाली स्वाद र गित संगित अनि नामले पनि मुलुकको पहिचान कायम हुन्छ भन्ने कुरा हामीले देखेका छौ र यसै कारण पनि यसको नाम माया बन्न पुगेको हो , रामले लाउन्जको परिकल्पनाका बारेमा बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्