नेभिगेशन
खेलकुद

नवाज कपको फाइनल खेल अगस्ट ४ तारिखमा हुने


सिड्नी । नेप्लीज अष्ट्रेलियन वेलफेयर सोसाइटी (नवाज) को २५ औ स्थापना दिवसको उपलक्ष्यमा अप्रील २१ तारिखदेखि शुरु भएको नवाज कप फुटबल प्रतियोगिताको फाइनल खेल यहि आइतवार अगस्ट ४ तारिखमा हुने भएको छ । खेल साउथ ग्यान्भिल स्थित Horlyck Reserve, Byrnes St, South Granville मा हुनेछ l

451103566_1077066883755223_4679082882826885663_n-1722645098.jpg

उक्त फाइनल खेल समुह सी मा रहेको सगरमाथा फुटबल क्लब र समुह बी मा रहेको सेन्ट जोर्ज फुुटबल क्लब बीच हुने  छ भने भेट्रान फुुटबल खेलमा (३५ वर्ष माथिका) माछापुुच्छ्रे क्लब र सेन्ट जर्ज फुुटबल क्लब बीच हुने भएको छ । त्यस्तै थर्ड पोजिसनका लागि टिआर जी र फेवा फुटबल क्लव बिच खेल सम्पन्न हुनेछ । अस्ट्रेलियाको सिड्नीको वरपर रहेका करिब १६ वटा नेपाली टोलीको सहभागिता भएको सो प्रतियोगिता लिग कम नक आउटका आधारमा भएको हो ।
सामाजिक सदभाव, आपसी भाइचारा र आपसी मेलमिलापको सन्देश बोकेर आयोजना गरिएको सो नवाज कपको फाइनलमा सहभागी भई खेलाडीहरुलाई हौसला प्रदान गरिदिनु हुन समाजका अध्यक्ष चिरन तिवारीले सबैलाई अनुरोध गरेका छन् ।
प्रतियोगिताका अन्य खेलहरु विहान ८ः३० बजेबाट शुरु हुनेछ भने फाइनल खेल आइतबार १२ः ३० बजेदेखि संचालन हुनेछ ।
प्रतियोगिता आयोजक समितीका संयोजक बैकुन्ठ डंगोलले प्रतियोगिताको विजेता तथा उपविजेतालाई नगद पुरस्कार तथा ट्रफी, प्रमाणपत्र र पदक प्रदान गरिने बताए । प्रथम हुने टीमलाई २७ सय अष्ट्रेलियन डलर, द्धितिय हुने टीमलाई १२ सय डलर तथा तृतीय हुने टीमलाई ६ सय राशीको पुरस्कार समेत व्यवस्था गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
साफ यू २० मा नेपालको विजयी सुरुवात

साफ यू २० मा नेपालको विजयी सुरुवात

साफ यू-२० च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलमा नेपालले श्रीलंकालाई पराजित गरेको छ।
काभा महिला भलिबल : इतिहास रच्नबाट चुक्यो नेपाल, भारत च्याम्पियन

काभा महिला भलिबल : इतिहास रच्नबाट चुक्यो नेपाल, भारत च्याम्पियन

काभा महिला भलिबल नेसन्स लिगको उपाधि भारतले जितेको छ । फाइनल खेलमा घरेलु टिम नेपाललाई ३-२ को सेटमा हराउँदै भारत च्याम्पियन बनेको हो ।
पेरिस ओलम्पिकको १२औं दिन अमेरिका २७ स्वर्णसहित पदक तालिकाको शीर्ष स्थानमा

पेरिस ओलम्पिकको १२औं दिन अमेरिका २७ स्वर्णसहित पदक तालिकाको शीर्ष स्थानमा

पेरिस ओलम्पिक २०२४ अन्तर्गत १२औंं दिनको समाप्तीमा अमेरिका २७ स्वर्ण पदक सहित शीर्ष स्थानमा कायम छ ।
टेनिस स्टार जोकोभिचले पेरिस ओलम्पिकमा जिते स्वर्ण

टेनिस स्टार जोकोभिचले पेरिस ओलम्पिकमा जिते स्वर्ण

टेनिस स्टार नोभाक जोकोभिचले पेरिस ओलम्पिकमा स्वर्ण जितेर करिरसको गोल्डेन स्लममा पनि पूर्णता दिएका छन् । ३७ वर्षे यी खेलाडीलेफाइनलमा स्पेनिस खेलाडी कार्लोल अल्काराजलाई हराएका हुन् ।