नेभिगेशन
खेलकुद

भारत र श्रीलंकाको रोमाञ्चक बराबरी

भारत र श्रीलंकाबीचको एकदिवसीय श्रृङ्खला अन्तर्गतको पहिलो खेल बराबरीमा सकिएको छ । शुक्रबारबाट सुरुभएको सिरिजको पहिलो खेलमा २३१ रनको लक्ष्य पछ्याएको भारत ४७.५ ओभरमा २३० रनमा अल आउट भएपछि खेल बराबरीमा सकिएको हो ।

भारतका लागि रोहित शर्माले सर्वाधिक ५८ रनको बनाए । त्यस्तै अक्षर पटेलले ३३ ,केएल राहुल ३१ , शिवम दुबेले २५ तथा विराट कोहलीले २४ रन बनाए । श्रीलंकाका लागि वानिन्दु हसरंगा र चरित असालान्काले तीन/तीन विकेट लिए ।

त्यसअघि कोलम्बोस्थित आर प्रेमदासा क्रिकेट स्टेडियममा टस जितेर सुरुवाती ब्याटिङ थालेको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २३० रन बनाएको थियो । श्रीलंकाका लागि दुनिथ वेल्लागेले सर्वाधिक ६६ रनको योगदान गरे । ६५ बलको सामना गरेका उनले ७ चौका र २ छक्का प्रहार गरे ।

त्यस्तै पाथुम निसान्काले ५६ रन जोडे । वानिन्दु हसरंगाले २४ रन जोडे । बलिङतर्फ भारत अक्षर पटेल र अर्सदिप सिंले २/२ विकेट लिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
सहारा मेलबर्न गठन

सहारा मेलबर्न गठन

बेसहाराहरूको सहारा बनेर पोखराबाट खेलुकदमा चम्किएको सहाराले आफ्नै एकेडेमी चलाउनुका साथै मोफसलको ठूलो फुटबल प्रतियोगिता आहा रारा गोल्ड कपलगायत विविध सामाजिक काम गर्दै आएको छ ।
साफ यू २० मा नेपालको विजयी सुरुवात

साफ यू २० मा नेपालको विजयी सुरुवात

साफ यू-२० च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलमा नेपालले श्रीलंकालाई पराजित गरेको छ।