नेभिगेशन
नेपाल समाचार

कक्षा १२ को नतिजा : छात्रभन्दा छात्रा धेरै 'नन्‌ग्रेडेड'

काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले  लिएको कक्षा १२ को परीक्षामा १ लाख ९४ हजार ३ सय १९ जना छात्र सहभागी थिए । तीमध्ये ९१ हजार ४ सय ८७ जना एनजीमा परे भने १ लाख २ हजार ८ सय ३२ जनाले मात्र ग्रेड प्राप्त गरे ।
छात्रा १ लाख ९६ हजार ५ सय जना परीक्षामा सहभागी थिए । ९५ हजार ५ सय ४ जनाको नतिजा एनजी आएको छ भने १ लाख ९ सय ९७ जनाले ग्रेड प्राप्त गरेका छन् ।
परीक्षामा सहभागी हुने छात्र भन्दा छात्राको संख्या बढि थियो । दुई बिषयसम्म नन्ग्रेडिङमा परेका विद्यार्थीले पुरक परीक्षा दिन पाउनेछन् । दुई भन्दा बढी बिषयमा एनजीमा पर्ने विद्यार्थीले भने अर्को वर्ष मात्रै बार्षिक परीक्षामा ग्रेडवृद्धि परीक्षा दिन पाउनेछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्