नेभिगेशन
अष्ट्रेलिया समाचार

नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई 


लिस्बन ।  नेपाल प्रेस युनियन युरोप शाखाको हालै सम्पन्न प्रथम अधिवेशनले सञ्जयभक्त कँडेलको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ । गत आइतबार जुममार्फत सम्पन्न अधिवेशनले आगामी तीन वर्षे कार्यकालका लागि कँडेलको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
 युनियनको वरिष्ठ उपाध्यक्षमा सिद्धार्थ बिक्रम क्षेत्री, उपाध्यक्षत्रयमा विकास लम्साल, भरत प्रधान र सबिना श्रेष्ठ र  महासचिवमा प्रबल भट्टराईलाई चयन गरेको छ । उपमहासचिवमा प्रतीक लामिछाने, सचिवमा मिलन शर्मा र कोषाध्यक्षमा सुजन पराजुलीलाई चयन गरेको छ ।
त्यसैगरी सदस्यहरुमा कञ्चन प्रसाई, आशिष बस्नेत, विजय शर्मा, पुस्तक रेग्मी, रोहन बानियाँ, नवराज काफ्ले, हरिप्रसाद पाण्डे र चक्र गुरुङलाई चयन गरेको सो सस्थाले जनाएको छ ।  
जुम मार्फत सम्पन्न अधिवेशनलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले लोकप्रियताको राजनीतिले राज्यका संस्था र उपलब्धिलाई बर्बाद पार्ने भएकोले पपुलिष्ट राजनीतिक शक्तिहरुले सिर्जना गरेको भ्रम तोड्न प्रेसको भूमिका महत्वपूर्ण हुने बताए । स्वच्छ बहस र विमर्शले लोकतान्त्रिक शक्तिलाई फाइदा पूग्ने उल्लेख गर्दै थापाले सो अभियानमा लाग्न सञ्चारकर्मीलाई आग्रहसमेत गरे।
कार्यक्रममा बोल्दै कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रेस युनियनका पूर्व केन्द्रीय महासचिव अजयबाबु शिवाकोटीले पुराना दललाई गाली गरेर मात्रै नयाँ दल राजनीतिकरुपमा स्थापित हुन नसक्ने बताउदै  सस्तो लोकप्रियता र प्रोपोगन्डाका भरमा राजनीतिक सत्ता स्थापित हुन नसक्ने प्रस्ट पारे ।
प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले प्रवासी नेपालीका मुद्दालाई नेपालसँग जोड्ने गरी काम गर्न आग्रह गर्दै संगठनलाई अब्बल र बलियो बनाउनुपर्नेमा जोड दिए । 
कार्यक्रममा गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष कुल आचार्य, नेपाली जनसम्पर्क समिति युरोपका महामन्त्री गंगाधर गौतम, कांग्रेस नेता राजकुमार त्रिपाठी, प्रेस युनियनका केन्द्रीय महासचिव दिलीप पौडेल, युनियनका केन्द्रीय उपमहासचिव युवराज गौतम, नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय अध्यक्ष डा. यादव पण्डित, एनआरएन बेल्जियमकी अध्यक्ष सीता सापकोटा, नेपाली जनसम्पर्क समिति युकेका सभापति महेश दाहाल, नेपाली जनसम्पर्क समिति नेदरल्यान्डका सभापति सालिक गौतम, रोयल बरो अफ ग्रीनवीच लण्डनका मेयर जीत रानाभाट, नेपाल पत्रकार महासंघ युरोपका अध्यक्ष केजिन राई, नेपाल पत्रकार महासंघ बेल्जियम शाखाका अध्यक्ष ओम शर्मा, वरिष्ठ पत्रकार भागीरथ योगी, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य दीपक भण्डारी, नेपाल प्रेस युनियन युकेका अध्यक्ष विपिन निरौलालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम शाखाका संयोजक सञ्जयभक्त कँडेलको अध्यक्षता, सबिना श्रेष्ठको स्वागत तथा प्रबल भट्टराईको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अष्ट्रेलिया समाचार
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।