नेभिगेशन
अष्ट्रेलिया समाचार

 नेपाली पाठशालाको अध्यक्षमा  बिना धमला


एडिलेड । नेपाली पाठशाला एडिलेडको हालै सम्पना साधारण सभाले बिना धमलालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ । यहि जुलाईमा सम्पन्न साधारण सभाले   कार्य समितिको  उपाध्यक्ष , सचिव र कोषाध्यक्षमा क्रमस देवेन्द्र खरेल, शशी पोखरेल र  प्रमोद रिमाल लाई चयन गरेको छ ।  साधारण सभाले बिद्यालयको प्राचार्यमा चन्द्रमणी पाण्डे र सदस्यहरुमा अमृता खरेल, प्रतिक्षा खतिवडा, निता निरौला, अनिता लम्साल, बिष्णु पौडेल, शुशीला लामिछाने, सुधा सुवेदी आचार्य, सपना बास्कोटालाई चयन गरेको सस्थाले जनाएको छ ।
साधारण सभामा एनआरएनए साउथ अष्ट्रेलिया राज्य समितिका उपाध्यक्ष विनोद वानिया,नेपाली पाठशालाका पुर्व अध्यक्षद्वय नविनसागर शर्मा र कपिल पाण्डे  पाठशालाका निवर्तमान अध्यक्ष अंकुर उपाध्याय लगायतका बक्ताहरुले पाठशालाको महत्व र यसको निरन्तरताका लागि सबैले आ आफ्नो स्थानबाट सक्दो सहयोग गर्नुपर्ने खाचो औल्याए । 
 हाल ७५ जना भन्दा विद्यार्थी अध्ययनरत रहेको पाठशालामा  बालबालिकाहरुलाई नेपाली भाषा पठनपाठन गराउने उद्देश्यले संचालित विद्यालय प्रत्येक आइतवार बिहान ९.३०-१२.३० बजे सम्म संचालन हुने गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अष्ट्रेलिया समाचार
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।