नेभिगेशन
अष्ट्रेलिया समाचार

बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै 

451440251_1063754348446145_1166495578923116795_n-1722416090.jpg

सिड्नी । अष्ट्रेलियाको क्यानबेरास्थित नेपाली दुतावासले नेपाल र अष्ट्रेलियाबीचको व्यापार सम्बन्धी रिपोर्ट हालै सार्वजनिक गरेको छ । यहि जुलाई २८ तारिख आईतबार क्यानबेरामा आयोजित एक कार्यक्रमकाबीच सो  रिपोर्ट सार्वजनिक गरिएको हो । अष्ट्रेलियामा नेपाली उत्पादनको निर्यात, वर्तमान अवस्था र सम्भावना का क्षेत्रमा केन्द्रित रहेर अनुसन्धानकर्ताहरु डा सिताराम घिमिरे, सुजन न्यौपाने र देबेन्द्र गौचनले सो रिपोर्ट तयार पारेका हुन् । 


कार्यक्रममा डा सिताराम घिमिरेले रिपोर्ट प्रस्तुत गरेका थिए । उपलब्ध भएका तथ्यांकहरुलाई संयोजन गरेर त्यसको विश्लेषण रिपोर्टमा गरिएको छ । कार्यक्रममा रिपोर्ट प्रस्तुत गर्दै अनुसन्धानकर्ता डा सिताराम घिमिरेले अष्ट्रेलियाबाट नेपालमा वार्षिक १८ दशमलब ६ अर्बको निर्यात हुने गरेको तर आयात भने मात्र १ दशमलब ६ अर्बको हुने गरेको तथ्य प्रस्तुत गरे । 
रिपोर्टमा नेपाली उत्पादनहरु अष्ट्रेलिया ल्याउदा वीरगञ्ज नाका हुँदै कलकत्ता र सिंगापुरको बाटो अष्ट्रेलियाको सिड्नीसम्म पुग्नेगरेको, पानीजहाज मार्फत्  सामान ल्याइदा कम्तिमा एक महिना लाग्ने गरेको र यसले कतिपय ताजा कृषिजन्य उत्पादनहरुको निर्यात असम्भव भएको उल्लेख गरिएको छ ।
रिपोर्ट सार्वजनिक गर्दै अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले  अष्ट्रेलिया र नेपाल बीच रहेको ठुलो ब्यापार घाटालाई कम गर्दै लैजना यो रिपोर्टले सहयोग पुग्ने बिस्वास व्यक्त गरे । 
एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले नेपाली उत्पादनलाई यहाँको बजारमा स्थापित गराउन यस क्षेत्रसँग आबद्ध निकायको ध्यान जानुपर्ने खाचो औल्याए । 
सो कार्यक्रममा एनएसडब्लू राज्यका वाणिज्यदूत संजीव शर्माले नेपाल र अष्ट्रेलियाबीच रहेको ठुलो ब्यापार घाटालाई न्यूनीकरण गर्दै अष्ट्रेलियामा नेपाली उत्पादनको बजार बिस्तारमा रिपोर्टले महत्वपूर्ण स्थान राख्न सक्ने बताए । भिक्टोरिया राज्यका वाणिज्यदूत निराजन गौलीले निकै मेहनतका साथ तयार पारिएको यो रिपोर्टको मर्म बुझेर र गहिराइमा पुगेर काम गर्न सकेमा नेपालले आर्थिक लाभ लिन सक्ने बिस्वास व्यक्त गरे ।  

 कार्यक्रममा डा. कृष्ण हमाल, एनआरएनए क्यानबेरामा राज्य समितिका पदाधिकारीहरु एबम विभिन्न सामाजिक संघ सस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । नेपालबाट अष्ट्रेलियामा गार्मेन्ट, कार्पेट, पास्ता नुडल्स, हिमालयन स्पाईस, नेपाली वियर, चाउचाउ लगायत तयारी खानाहरु, चिउरा, अचार लगायतका नेपाली उत्पादनहरु आयात हुने गरेको छ भने अष्ट्रेलियाबाट वाईन, जुस ,फेन्सी ,ईलोक्ट्रोनिक सामाग्री  हवाईजहाजका पार्टपूर्जासम्म नेपालमा निर्यात हुनेगरेको छ रिपोर्टमा उल्लेख गरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अष्ट्रेलिया समाचार
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।