नेभिगेशन
खेलकुद

श्रीलंकाविरुद्ध भारत सुपर ओभरमा विजयी, सिरिज गर्‍यो ‘क्लिन स्विप’

श्रीलंकाविरुद्धको टी–२० सिरिजको तेस्रो खेलमा भारत सुपर ओभरमा विजयी भएको छ । गएराति सम्पन्न खेलमा निर्धारित २० ओभरको खेलमा दुवै टोलीले समान १ सय ३७ रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो ।

सुपर ओभरमा पहिले ब्याटिङ गरेको श्रीलंकाले २ रन मात्र जोड्न सक्यो । तीन रनको लक्ष्य पछ्याउनेक्रममा कप्तान सूर्यकुमार यादवले पहिलो बलमै चौका हिर्काउँदै भारतलाई जित दिलाए ।  

त्यसअघि भारतले दिएको १ सय ३८ रनको लक्ष्य पछाएको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३७ रन बनायो । उसका लागि कुशल परेराले ४६ रन, कुशल मेन्डिसले ४३ र पाथुम निशंकाले २६ रन बनाए । भारतका लागि वासिङ्टन सुन्दर, रवि विश्नोइ, रिंकु सिंह र सूर्यकुमार यादवले दुई/दुई विकेट लिए ।  

श्रीलंकाको पेल्लेकेले अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन बनायो । उसको लागि ओपनर शुभमन गिलले ३९, रियान परागले २६ र वासिङ्टन सुन्दरले २५ रन बनाए ।

श्रीलंकाका महिश थिक्क्षणाले तीन, वानिन्दु हसरंगाले दुई तथा असिथा फर्नान्डो, रमेश मेन्डिस र चामिन्दु विक्रमासिंघेले एक/एक विकेट लिए ।  

योसँगै तीन खेलको सिरिज भारतले ३–० ले ‘क्लिन स्विप’ गर्‍यो । यी दुई टिमले अब तीन खेलको एकदिवसीय सिरिज खेल्ने छन् । उक्त सिरिज शुक्रबारदेखि सुरु हुनेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
सहारा मेलबर्न गठन

सहारा मेलबर्न गठन

बेसहाराहरूको सहारा बनेर पोखराबाट खेलुकदमा चम्किएको सहाराले आफ्नै एकेडेमी चलाउनुका साथै मोफसलको ठूलो फुटबल प्रतियोगिता आहा रारा गोल्ड कपलगायत विविध सामाजिक काम गर्दै आएको छ ।
साफ यू २० मा नेपालको विजयी सुरुवात

साफ यू २० मा नेपालको विजयी सुरुवात

साफ यू-२० च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलमा नेपालले श्रीलंकालाई पराजित गरेको छ।