नेभिगेशन
नेपाल समाचार

बेलायतको साउथ पोर्टमा भएको छुरा प्रहारको घटनामा दुई बालबालिकाको मृत्यु

घाइते ९ मध्ये ६ जनाको अवस्था गम्भीर । १७ वर्षीय आक्रमणकारी प्रहरी नियन्त्रणमा

बेलायतको साउथ पोर्टमा भएको छुरा प्रहारको घटनामा दुई बालबालिकाको मृत्यु भएको छ भने अन्य ९ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

साउथ पोर्टको हार्ट स्ट्रिटमा प्रख्यात पप स्टार टेलर स्विफ्टको थीममा रहेको एक कार्यक्रममा उक्त हमला भएको थियो भने बालबालिकालाई बचाउने क्रममा दुई युवाहरुपनि घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । 

प्रहरीले हत्या र हत्या-प्रयासको अभियोगमा ल्याङ्कशायरका एक जना १७ वर्षीय युवालाई नियन्त्रणमा लिएको छ । आक्रमणको कारण नखुले पनि यसलाई आतंककारी आक्रमणका रूपमा नहेरिएको प्रहरीले जनाएको छ । 

एक प्रत्यक्षदर्शीका अनुसार सो हमला निकै निर्मम थियो । बेलायतका राजा र प्रधानमन्त्रीले मृतकहरूप्रति समवेदना व्यक्त गर्नुका साथै घटनाप्रति दुख व्यक्त गरेका छन् । ग्रीष्म ऋतुको बिदा सकिएर विद्यालय पुनः सुरु भएको पहिलो हप्तामा भएको सो हमलाको खबर पाउनासाथ बेलायती सशस्त्र रेस्पन्स टोली, १३ एम्बुलेन्स र आगो नियन्त्रण टोली घटनास्थल पुगेका थिए । 

सो कार्यक्रममा ६ देखि १० वर्ष उमेरका बालबालिका सहभागी रहेको जनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्