नेभिगेशन
नेपाल समाचार

कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति, ओली प्रधानमन्त्री बन्ने

नेपाल न्युज सम्बाददाता

काठमाडौं । नेपालका दुई ठुला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार बनाउने सहमति भएको छ । सोमबार राति दुई दलबीच सत्ता सहकार्य गर्ने सहमति भएको दुबै दलनिकट स्रोतले पुष्टि गरेका छन् ।

दुई दलको सरकार बनेपछि निर्वाचन प्रणालीमा सुधार गर्ने लगायतका विषयमा संविधान संशोधन गर्ने सहमति पनि भएको बुझिएको छ!

दुई दलबीच आलोपालो सरकारको नेतृत्व गर्ने र पहिलो चरणमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने सहमति भएको छ । एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिनेछ ।

दुई दलबीच संविधान संशोधनका लागि सुझाव दिन एक समिति बनाउने पनि सहमति भएको स्रोतले जानकारी दिएको छ ।

सो सहमतिलाई अन्तिम रूप दिन कांग्रेस सभापति शेरबहादुर देउवा सोमबार राति नै मुख्य सचेतक रमेश लेखक लगायत नेताका साथमा ओलीनिवास बालकोट जाने सम्भावना रहेको श्रोतले बतायो । सो सहमतिलाई अन्तिम रूप दिन कांग्रेस सभापति शेरबहादुर देउवा सोमबार राति नै मुख्य सचेतक रमेश लेखक लगायत नेताका साथमा ओलीनिवास बालकोट जाने सम्भावना रहेको ती नेताले बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्