नेभिगेशन
व्यक्ति/व्यक्तित्व

सीडनीको समाजमा धरानका निरजको कमाल


मिठो बोल्छन, पुर्बेली भाकाको लबजमा । नाम हो निरज अनि अस्ट्रेलियाको नेपाली समाजमा उनको काम भने छ कमालको । सन २००० तिरै धरानवाट उच्च अध्यनका लागि अस्ट्रेलिया हानिएका निरज श्रेष्ठले फुट टेक्नोलोजीमा ब्याचलरवाट प्रारम्भ गरेर आइटीमा ग्राजुयटगर्दै शैक्षिक परामर्शको क्षेत्रमा माइग्रेशन लको ग्राजुएसन समेत पुरा गरेका थिए । अध्यनमा निकै जागरिलो धराने ठिटोले त्यती बेलै माइग्रेशन एजेन्टको भुमिकामा आफुलाई उभ्याइसकेका थिए । जति बेला अस्ट्रेलियामा नेपालीहरुको उपस्थीती निकै न्युन थियो त्यतीबेला नेपाली समाज र डेमोक्रयाटिक मुभमेन्टका कुदिरहने निरज श्रेष्ठले कनभेन्सीङमा समेत हात हाल्दै मक्वाइरी बिश्वबिद्यलायवाट २०१७मै लाइसेन्स प्राप्त गरिसकेका थिए ।
जतिबेला सीडनी शहरमा नेपालीहरु हातमा औलामा गन्न सकिन्थ्यो त्यतीबेलादेखि निरज नेपाली समाजसँंग नजिकिसकेका थिए । धराने ठिटो निरजले फराकिलो पाटोमा आफ्नाबिच बाटो बनाउन सीकिसकेका थिए । फरासिलो भाकामा सबैलाई आफ्नो बनाउन सफल निरज समाजिक कामपनि उत्तिकै अगाडि देखिन्थे ।

नेपाली विध्यार्थीहरुको उत्कृष्ट गन्तब्य बनेको अस्ट्रेलियामा सन २००७ देखिनै रजिस्टर्ड माइग्रेशन एजेन्टका रुपमा आफुलाई शैक्षिक बजारमा स्थापीत गरेका निरज केहि अनुभवी शैक्षिक परामर्शदाताहरुमा पर्दछन । नेपाली समाजका कार्यक्रम र भेटघाटमा कतइ नटुछने निरज एनआरएनमा पनि आइसीसी हुदैं क्षेत्रियस्तरमा पदाधिकारीका रुपमा अनुभव बटुलिसकेका छन । आफ्नो व्यबशायीक जिवनमा थुप्रै विध्यार्थीहरुलाई गारो सारो स्थीतीवाट पार गराउन महत्वपुर्ण भुमिका निर्वाह गरिसकेका निरजको एउटै कथन छ, स्तरिय सेवा र यथास्थीतीको खुलासा । कुनैपनि विध्यार्थी होस या अध्यागमनको समस्या लिएर आएको ब्यक्ती हो , हामीले उसलाई यथास्थीती र बास्तबिकता बताएनौ भने त्यो बेइमानी हुन्छ । बरु दश रुपैया बढि लिनुस तर जे हो त्यही भनिदिनुस र आवश्यक परामर्श दिनुहोस । नत्र उनिहरुले धोका पाउन सक्छन । नक्कली कुरा गरेर नहुने काम पनि हुन्छ भनेर आर्थिक प्रलोभनमा झुलाउनु र कुदाउनु पेशाप्रती बेइमानी हो, निरज श्रेष्ठ आफ्नो अनुभव बताउछन । यहा माइग्रेशन एजेन्टको लाइसेन्स नभएकाहरु अध्यागमनको ज्ञाता बनेर सल्लाह दिन्छन र विध्यार्थीहरु मारमा पर्छन, यस्ता थुप्रै घटनाक्रमले शैक्षिक परामर्श क्षेत्र केहिलकाही बदनाम समेत हुने गरेको छ , माइग्रेशन एजेन्ट निरज बताउछन ।
शैक्षिक परामर्श क्षेत्रमा लामो समय काम गरेका निरजको अनुभव निकै रोचक छ । निरजले आफ्नो दक्षता र अनुभवले कयैन पटक कमालको काम गरेका छन । एक पटक घरेलु हिंसाको चपेटामा परेको व्यक्तीलाई निरजकै सहयोगमा अध्यामगन मन्त्रीले आफ्नो निर्णयमा आवासिय भिषा अर्थात पीआर दिएका थिए । पछि मन्त्रीले संसदमा समेत किन आफुले यसमा सहभागि भइ निर्णय दिनुपरेको कुरा खुलासा गरेका थिए ।
यतिमात्र होइन योग्य कामदार भिषामा अस्वीकृत भएको एक ब्यक्तीलाई समेत उनले बलियो तर्कका आधारमा अस्ट्रेलियन सांसदको सहयोगमा अध्यागमन मन्त्रीवाट उनलाई प्रवेशाज्ञा दिलाउन सफल भएका थिए ।
यस्ता खाले सफलताका कयैन घट्नाक्रम संझदा आफु रोमान्चित हुने बताउदै निरज यतिबेला सीडनी र राजधानी कयानबेरामा आफ्नो अनुभवलाई साटन ब्यस्त छन । क्यानबेरामा सेवा आरम्भ गरेको क्लासिक माइग्रेशन अन्तर्गत अन्तरंग मित्र विवेक थापासँंगको सहकार्यमा अहिले राजधानीमा पनि सहयोगी भुमिकामा निरज लागिपरेका छन ।
शैक्षिक तथा अध्यागमन परामर्श पेशा आफैमा सम्मानित र जिम्मेवार पेशा हो । यो पेशा मात्र हैन ब्रेड र बटरको व्यबशायपनि हो यसमा हामी इमानदार बन्न सक्नुपर्दछ । तपाइको सल्लाह र सुझाबले कयैन उदयिमान भबिष्यहरुको जिवनचक्र सप्रन र बिग्रन सक्दछ त्यसैले हामी इमानदार बन्न जरुरी छ, निरजको स्पष्ट बिचार थियो । यो पेशामा पनि माछा बजारझै थुप्रै अनुभवहिन र स्तरहिन मानिशहरुको
प्रवेशले नेपालमा शैक्षिक परामर्श पेशामा औला उठन थालेको छ । कालीमाटिलाई मुर्तिकारले आफ्नो कला कौशलले जसरी अनेकन मुर्ती बनाउछन त्यस्तै बिदेशमा उच्च अध्यनमा आउन चाहने युवाहरुलाई के पढने, कहा पढने ,पढेपछि यसको परिणाम र सफलताका बारेमा अभिभावकसहित स्पष्ट कुरा राखिदिने हो भने धेरै समस्या समाधान हुनसक्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्