नेभिगेशन
LEADING_MAIN

नेपाली सामुदायिक भवनका लागि क्रुज पार्टी


आयुष खतिवडा
लगभग एक लाख नेपाली बसोबास गर्ने अस्ट्रेलियाको व्यापारिक नगरी सीडनीमा नेपाली सामुदायिक भवनको सोच बुनेर सीड्नी नेपाली बहुसांस्कृतीक केन्द्रले प्रशान्त महासागरमा क्रुज पार्टीको आयोजना गरेको छ ।
लोक भाकामा रन्कीएको क्रुजमा करिब तिन सय नेपालीहरु नेपाली पनमा रमाइरहेका देखिन्थे । लोकगित र नेपाली संगितको प्रत्यक्ष कार्यक्रम समेत राखिएको जहाजको कौसीमा कम्मर मर्काइ मर्काइ नाच्नेहरुको भिड थेगिनसक्नु थियो । नेपाली टिपीकल खाना, गाना र बजानाले प्रशान्त महासागरमा दौडिएको पानी जहाजले चार घन्टा कटेको कतिले पत्तोनै पाएनन । सीड्नी वरपर फन्को लगाएको पानी जहाजको माहौल नेपालको कुनै ताल तलैयामै रमेको जस्तो भान हुन्थ्यो ।
अस्ट्रेलियामा नेपालीहरुको संख्या थपीदैजाँंदा आफ्नोपनलाई जोगाउन कम्तीमा भएपनि एउटा सामुदायिक भवन बनाउनुपर्छ भन्ने सोच बोकेका एक हुल नेपालीहरुले यसको जागरणका लागि प्रशान्त माहासागर माथि क्रुज पार्टीको आयोजना गरेका हुन । नेपाली कला संस्कृती र परम्पराको जर्गेनाका लागि पनि सीडनीबासी नेपालीहरुलाई आफ्नै सामुदायिक भवनको खाँंचो टडकारो देखिएको बेला सीडनीमा नेपाली बहुसांस्कृतीक केन्द नामक संस्था स्थापना गरेर यस अभियानलाई अगाडि बढाइएको हो ।
नेपालीहरुको बाक्लो बस्ती रहेको सीडनीको दक्षिण पश्चिम क्षेत्रमा रहेका नेपालीहरुले आफ्नो कला संस्कृती र पहिचान जोगाउन सीडनी नेप्लीज मल्टीकल्चर सेन्टरको अवधारणा अगाडि सारेर यस अभियानमा जुटेका हुन ।
नेपालीहरुको बाक्लो बस्ती रहेको सीड्नीको साउथवेस्टमा बसोबास गर्ने नेपाली अभियन्ताहरुले सीडनीको नेपाली समाजलाई आवश्यक रहेको एउटा सामुदायिक भवनको परिकल्पना गरेर सीडनी नेप्लीज कल्टीकल्चर सेन्टर नामक अलग्गै परियोजना अगाडि बढाउदै जागरण र अपनत्वका लागि हामीले क्रुज अभियान अगाडि सारेका हौ , केन्द्रका अध्यक्ष सुदिप ढकालले पानी जहाजमै आयोजित कार्यक्रममा सुनाए ।
। अहिले ३२ सदस्यीय कार्यकारी सदस्य रहेको एउटा समिती मार्फत यो अभियानलाई सीडनीबासी नेपाली माझ अगाडि बढाउने काम भैरहेको छ र यसमा थप नेपालीहरुलाई जोडन यो अभियानले थप मद्दत पुग्ने बिश्वास लिएका छौ, ढकालले क्रुज कार्यक्रममा बताए ।
नेपाली कला संस्कृती जोगाउन र रितिरिवाज मनाउन पनि एउटा सामुदायिक भवनको खाचो देखिएको छ यस अवधारणालाई सबैले साथ र सहयोग गर्ने बिश्वासका साथ हाम्रो अभियानलाई तिब्र बनाएका हौ ,अध्यक्ष ढकालको कथन थियो ।
कार्यक्रममा एनआरएन अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले नेपालीहरुको लागि एउटा साझा चौतारीका रुपमा सामुदायिक केन्द्रको आवश्यकता रहेको र सबैपक्ष एकजुट भएर यस अभियानमा लाग्नुपर्ने बताए । सबैका लागि सामुदायिक भवनको खाचो छ , त्यसैले समुदायका सबै पक्ष एक ढिक्का भएर अगाडि बढनुपर्ने बेला आएको छ , पोखरेलले भने ।
कार्यक्रममा सेन्टरका उपाध्यक्ष सुर्य खनालले नेपाली समुदायको बढोत्तरी हुदैगर्दा आफनो कला ,संस्कृती र पर्व मनाउने समेत एउटा अपाm्नै भवन नरहेको सन्दर्भमा यो अभियान सबैको साझा जिम्मेबारीका रुपमा रहेको सुनाए । खनालले अगाडि भने ,यसका लागि हामीले केहि कार्यक्रमहरु अगाडि बढाइसकेका छौ भने अब एक्सनका रुपमा अगाडि बढने प्रकृयामा छौ ।
यस्तै संस्थाका महासचिब डा प्रकाश पौडेलले सेन्टरको अवधारणामा आफुहरु निकै अगाडि बढिसकेको र यसका लागि प्रारम्भीक
गृहकार्यमा लागिरहेको बताए । यसमा अस्ट्रेलियन सरकारले समेत सहयोग गर्ने कुरामा बिश्वस्त रहेको पौडेलले जानकारी गराए ।
संस्थाका सक्रिय सदस्य हरी अधिकारीले नेपाली समुदायका लागि अतिआवश्यक रहेको सामुदायिक भवन निमार्णका लागि सदस्यता बितरण गरेर सबैलाई यसको साझेदार बनाउने अभियान सुरु भैसकेको जानकारी दिए । अब हामी स्थानिय अस्ट्रेलियन राजनितीक दल र नेताहरुकोमा समेत सहयोगको लागि प्रस्ताब लिएर जाने अभियानमा जुटेको बताए । कार्यक्रममा उपाध्यक्ष कल्याणी बर्तौला ,सेन्टरका प्रवक्ता
अरुण गौतम , पब्लीक अफीसर तिर्थ खतिवडा लगायतले सेन्टरको अवधारणा बारे स्पष्ट पारेका थिए । कार्यक्रममा एनआरएन एनएसडब्लुका संयोजक बिनोद कुवर ,एनआरएन एनएसडब्लुका सचिब कानुन व्यबशायी कल्याण खड्का, मल्टी डाइनामिकका मेघराज पौडेललगायतले सामुदायिक भवनको आवश्यकतामाथि प्रकाश पारेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्