नेभिगेशन
कला/शैली

सिड्नीमा कर्णदासका कर्णप्रीय स्वर गुन्जने

नेपाल न्युज सम्वाददाता

सिड्नी । बार्डिया नेपाली समाजको आयोजनामा आगामी अप्रिल ५ तारिख शुक्रबार लोकप्रिय गायक कर्णदासले आफ्नो सांगितिक प्रस्तुति दिने भएका छन । लिभरपुल स्थित स्थानिय क्याथोलिक क्लवमा आयोजना हुने सो सांगितिक कार्यक्रममा कर्णदास सहित स्थानिय कलाकारहरुले पनि आफ्नो प्रस्तुती दिने छन ।
बार्डीया नेपाली समाजका अध्यक्ष एवं युवा अभियन्ता रन्जितराज वन्तले नेपाली नया वर्षको अबसर पारेर “अब आउने साल” कार्यक्रम गरिएको र कलाकारको भिषा लगायतका सम्पूर्ण तयारी पुरा भईसकेको जानकारी दिए । ”स्थानिय व्यवसायी र समाजसेवीहरूले कर्णदास सांगितिक साझप्रति देखाएको चासो र विश्वासले यो कार्यक्रमले सफलता चुम्नेमा हामी ढुक्क छौ, हामीले कार्यक्रमका लागि स्थानिय क्लवको हल लिएका हौ, अहिलेनै लगभग सबै टिकट बुकिङ भैसकेको छ ,वन्तले सुनाए ।
कार्यक्रममा सिड्नीमै रहेकी गायिका सुजाता उपाध्याय र नेपाल आइडल सिजन ४ का प्रतिस्पर्धी आदेश पौडेल लगायतले सांगीतिक प्रस्तुति दिने छन । कार्यक्रमलाई सफायर रियल स्टेट लेपिंगटन र इम्पायर होम्स एण्ड कन्स्ट्रक्सनको मुख्य प्रायोजन रहेको छ भने अन्य संघ संस्थाहरुले पनि सहयोग गरेको समाजले जनाएको छ । नेपालीहरुको बाक्लो बस्ती रहेको बार्डिया क्षेत्रमा नेपालीजनहरुको आपसी सदभाव र एकताका लागि खोलिएको समाजले बिभिन्न सामाजिक कार्य गर्दै आएको अध्यक्ष वन्तले जानकारी गराए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्