नेभिगेशन
LEADING_MAIN

हजारौ अभिभावकको उपस्थीतीले न्युक्यासलमा नेपाल झल्कीयो

सीडनीवाट दुइ सय किलोमिटरको दुरीमा रहेका पर्यटकिय नगरी क्युक्यासलमा एकाबिहानै ढाका टोपी र सारी चोलोको पहिरनमा ढाकिएको थियो । अस्ट्रेलियाकै ठुलो मालवाहक जहाजहरुले भरिएको बन्दरगाहाको छेउमा रहेको पार्क रंगिचंगी पहिरनले भरिदैगर्दा स्थानिय अस्ट्रेलियनहरु पनि तिन छक्क परेका थिए । मर्निङवाकमा हिडेका न्युक्यासलबासी नाथन वार्डफोर्ड सोध्दै थिए आज के को मेला वा भेला हो यो भनेर ।
छोरा छारीको माया र नाती नातिनीको हेरचाहमा अस्ट्रेलियाको सीडनी आइपुगेका लगभग एक हजार भन्दा बढि अभिभावकलाई बिदेशमा पनि स्वदेशीपन र नेपालीमनले रम्न र रमाउन एनआरएनले अभिभावक पीकनीकको आयोजना गर्दाको दृष्य हो यो ।
परदेशमा आफ्नोपन र नेपालीजनहरुसँंग रम्न पाउनु आफैमा खुसीको क्षण भएको बताउदै थिए नेपाली अभिभावक अनिता मानन्धर । हामीलाई छोरा छोरीले नघुमाएका होइनन तर यसरी हजारौ नेपालीहरु माझ बिदेशमा नेपाली गित संगितमा रम्न पाउनु सौभाग्यको कुरापनि हो, काठमाडौ घर भएकी मानन्धर ।
एनआरएन अस्ट्रेलियाको न्युाउथवेल्स च्याप्टरले आयोजना गरेको कार्यक्रममा यस पटक एक हजार अभिभावक सहभागि भएका थिए । जुन यतिठुलो संख्यामा नेपाली बा आमाको जमघट संभवत पहिलो पनि हो । स्थानिय दोहरी कलाकारको गित संगितवाट प्रारम्भ भएको रमझम पीकनिकमा नेपाली अभिभावकहरु धित मर्ने गरी नाचेर मनोरन्जन लिएका थिए । चितवनका चौरासी बर्षिय रमाकान्त पौडेलदेखि लिएर झापाका चौवालिस बर्षिय सुमन आलेसम्मको सहभागिता रहेको बनभोजमा अभिभावकले समेत गित, गजल र चुटकिला सुनाएका थिए । बिशाल पार्कमा छरिएर रहेका अभिभावकहरु न्युक्यासलका समुन्द्री किनार र गगनचुम्बी मिनार भन्दा लोक भाका र गित संगितमा कम्मर मर्काइ मर्काइ नाच्न रमाइरहेका थिए । यो संभवत बिदेशी भुमिका यति धेरै संख्यामा आमा बुबाहरुको भेला र पीकनिक होला, व्यबस्थापन गर्न केहि गारो र सारो भएपनि सफलताका साथ सम्पन्न गर्न पाउनु गर्वको बिषय हो, एनआरएन अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले बताए ।
एनआरएनको एउटा महत्वपुर्ण पाटोको रुपमा रहेको अभिभावक पीकनिकलाई व्यबस्थतीत र मनोरन्जनात्मक बनाउन हामीले कुनै कमी आउन दिएका छैनौ । बिहान खाजा अनि दिनको खाना र गाना बजानामा मात्रै हैन अभिभावकको स्वास्थ जाँंचको लागि पनि एउटा टोली पीकनिक स्थलमा खटिएको थियो । जसले दिनभरै अभिभावकको स्वास्थ जाँंच गरेका थिए ।
एनआरएनको कर्म भनेको बिदेशमा रहेका सबै नेपालीको हितमा काम गर्नु हो र त्यसमाथि अभिभावक हाम्रै बाआमा भएकाले उहाहरुको सम्मानमा पनि यो बनभोजको नित्य कर्म सधै सधै अगाडि बढने बिश्वास लिएको छु ,एनआरएन एनएसडब्लुका संयोजक बिनोद कुवरले बताए । अब संख्यात्मक रुपमा सीडनी वरपर सबैलाई समेटन भने निकै कठिन हुने हुनाले आगामी दिनमा दुइ चरणमा बनभोजको आयोजना गर्नुपर्ने देखिन्छ । यस पटक एक हजारको संख्यामा अभिभावकले नाम दर्ता गराएपछि एनआरएनको दायरा फराकिलो बनेको उनको ठहर छ ।
बिहानैदेखि रमाइलो गर्न आतुर अभिभावकहरु खाजासँंगै गित संगित र नृत्यमा झुम्मीएका थिए । सामुहिक नाच र दोहोरीले यसपटक न्युक्यासल नेपालमय बनेको थियो । ढाका टोपीमा सजिएका बाहरु र साडी चोलोमा रंगिएका आमाहरुको हुल साच्चीक्कै लोभलाग्दो थियो । न्यु क्यासल पार्कमा रमाइलो गरिरहेका अभिभावकको भिडमा रमाएका एनआरएनका ओसेनिया क्षेत्रिय संयोजक दिनेश पोखरेल आफु नेपालमै रहेका भान भएको बताउछन । सीडनीमा बस्दापनि यति ठुलो संख्यामा अभिभावकको जमघट कहिले देखिएको थिएन तर आज यसरी एकै पटक लगभग हजार जना देख्दा कता कता आफु नेपालमै रहेको जस्तो लाग्यो , पोखरेलले बताए । सन २०१६मा पोखरेल एनएसडब्लु संयोजक हुदा पहिलो पटक अभिभावक पीकनिकको सुरुआत गरेका थिए ।
एनआरएनले यस पटक १७ वटा ठुला बसको व्यबस्थापन गरेर अभिभावकलाइ न्यु क्यासल लगेको एनएसडब्लुका सचिब कल्याण खड्काले बताए । हामीले करिब ७० जना स्वंयसेवी र केहि स्वास्थकर्मीको पनि व्यबस्थापन गरेका थियौ जसले सहज रुपमा यति ठुलो मेला सम्पन्न गर्न सहज भयो, खड्काले सुनाए । एउटै पार्कमा पुर्व मेचिदेखि पश्चिम महाकालीसम्मका अभिभावक विविध भेषभुषामा रमाउदैगर्दा यसले बीदेशी भुमिमा नेपाल संझाउने र झल्काउने काम गरेको छ , यो सबैका लागि अबिस्मरणीय क्षणका रुपमा मैले पाएको छु , सचिब कल्याण खड्काले बताए ।
एनआरएनले आयोजना गर्ने परोपकारी कार्यभन्दा केहि फरक र अलग कर्मका रुपमा रहेको अभिभावक बनभोज साच्चीकै सबैका लागि उदाहरणिय बनेको अभिभावक लिएर न्युक्यासल पुगेको युवा व्यबशायी सा
गर लोहनी बताउछन । पीकनिकको संयोजन गरेकी डेपुटी कोअर्डिनेटर दिपा जोशी यसलाई बाआमाको सेवा गर्ने एउटा महत्वपुर्ण अवसर भएको बताउछीन । एनआरएनले अनेकौ परोपकारी काम गरेको छ तर यो अभिभावकलाई माया र सम्मान गर्ने एउटा महत्वपुर्ण क्षण हो ,जोशीले बताइन । कार्यक्रममा अस्ट्रेलियाली नेपाली समाजका अभिभावकहरु नारायण प्रधान र इन्द्रा वनले पनि आफ्ना अनुभव सुनाएका थिए । प्रधान पचास बर्ष अभि अस्ट्रेलिया बसाइ सर्ने पहिलो नेपालीका रुपमा चिनिन्छन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्