नेभिगेशन
LEADING_MAIN

एनआरएन अस्ट्रेलियाद्धारा क्रिकेट संघका अध्यक्ष चन्द सम्मानित

आयुष खतिवडा
निजी भ्रमणको सीलसिलामा अस्ट्रेलिया आइपुगेका नेपाल क्रिकेट संघ(क्यान)का अध्यक्ष चतुर बहादुर चन्दले भौतीक पुर्वाधार र आधारभुत आवश्यकता आजको नेपाली क्रिकेटको आवश्यकता रहेको बताए । एनआरएन अस्ट्रेलियाद्धारा सीडनीमा आयोजित समारोहमा बोल्दै क्यानका अध्यक्ष चन्दले नेपालका ब्यापारी र स्थानिय सरकारले क्रिकेट बिकासमा खासै चासो नराख्दा नेपाली क्रिकेटले सोचे अनुरुपको सफलता हात पार्न नसकेको बताए ।
बिगतमा नेपाली क्रिकेटमा देखिएको सरकारी हस्तक्षेपले प्रतिवन्धमा पर्दा नेपाली क्रिकेट पाँंच बर्ष पछाडी परयो , अहिले बल्ल नेपाली क्रिकेटले लय समातेको छ तर अझै खेलाडीले खेल्ने स्थान र आधारभुत आवश्यकता पाउन सकेका छैनन । त्यसैले पनि अबको दिनमा सबैको जोड खेल्ने बाताबरणका लागि हुनुपर्दछ , चन्दले बताए । नेपाल क्रिकेट संघमा पहिलो कार्यकाल निकै बाद बिवादमा बितेपनि क्रिकेटको बिकासमा भने आफुले कहिले पछि नपरेको बताउदै अध्यक्ष चन्दले भने खेलाडी संघको पहिलो प्राथमिता हो र मुलुकको प्रतिनिधित्व गर्ने सवालमा हामी कहिले पनि संझौता गर्दैनौ । सन २०१४ मा पाँंच हजार वाट सुरु भएको खेलाडीको भत्ता अहिले एक लाखसम्म पुगिसकेको छ । खेलाडी मुलुकका सदधावना राजदुत भएकाले उनिहरुनै संघको लागि पहिलो प्राथमिकता बन्नपर्छ भन्ने हाम्रो मान्यता हो, चन्दले बताए । मुलुकका राजनितीज्ञहरुले खेलकुदलाई प्राथमिकता भित्र नराख्दा नेपाली खेलक्षेत्रले सोचे अनुरुप फड्को मार्न नसकेको बताउने अध्यक्ष चन्दले निजी क्षेत्रवाट समेत खासै सहयोग हुन नसकेको गुनासो पोखे ।
अस्ट्रेलिया बस्ने एउटा युवा व्यवशायी बिनोद कुवंरले क्रिकेटको मोहले मुलुकमा एउटा क्रिकेट रंगशाला बनाउन सक्छ भने नेपालका बिनोद चौधरीहरुले नेपालमा एउटा क्रिकेट रंगशाला बनाइदिन सक्दैनन, चन्दको निजी क्षेत्रप्रती आक्रोस थियो । नेपालमा तालि पीटने धेरै भए तर बाली लाइदिने कोहि भएनन ।
अस्ट्रेलियाको निजी भ्रमणमा समेत यहाका क्रिकेट पदाधिकारीलाई भेटन सफल चन्दले भौतीक पुर्वाधार र एक्सपोजर अहिले नेपाली क्रिकेटको पहिलो आवश्यकता भएकोले एनआरएनका साथीहरुलाई आवश्यक सहयोग गर्न आब्हान समेत गरे । कार्यक्रममा एनआरएनका केन्द्रिय सल्लाहकार दिनेश जोहीले नेपाली क्रिकेटको पछिल्लो उपलब्धी निकै लोभलाग्दो रहेकोले संघ धन्यवादको पात्र रहेको बताए । यस्तै एनआरएन ओसेनिया क्षेत्रीय संयोजक दिनेश पोखरेलले यतिखेर नेपालको आशलाग्दो खेलका रुपमा रहेको नेपाली क्रिकेट बिकासमा सबै मिलेर सहयोग गर्ने बेला आएका बताए । उनले भर्खरै मात्र एनआरएनले संघलाई दश लाख रुपैया सहयोग गरेको संझना गर्दै खेलाडीले खेलेर बाच्नसक्ने बाताबरण बनाउनु पहिलो चुनौती रहेको बताए ।


एनआरएन अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले पछिल्ला दिनहरुमा आफु नजानिदो तरिकाले नेपाली क्रिकेटको प्रशंकस बनेको रोचक कहानी सुनाउदै अस्ट्रेलिया र नेपालको क्रिकेटलाई जोडने प्रयासमा आफुहरु लाग्ने बताए ।
कार्यक्रममा क्रिकेट प्रेमी तथा एनआरएनका उपाध्यक्ष बिनोद कुंवरले आफुले निजी लगानीमा भैरहवामा क्रिकेट मैदान बनाउनु नेपाली क्रिकेटको बिकासमा पनि एउटा इट्टा थप्नु बराबर रहेको बताउदै आगामी दिनमा खेलाडीको एक्सपोजरका लागि आफु लागिपर्ने बताए । कार्यक्रममा एनआरएनका केन्द्रिय सचिब ज्ञानेन्द्र रेग्मी, एनआरएन अस्ट्रेलियाको भगिनी संस्था नारी निकुन्जकी संयोजक संगिता चापागाई, एनआरएनका कोषाध्यक्ष अर्जुन गौतमलगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्दलाई दोसल्ला र बदरपत्रद्धारा सम्मानित गरिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्