नेभिगेशन
LEADING_MAIN

नागरिकता दिने अनि भिषा शुल्क पनि लिने हास्यासपद : बिश्वप्रकाश

नेपाली कांग्रेशका महामन्त्री विश्वप्रकाश शर्माले नेपालको समृद्धीको लागि चार चिज महत्वपुर्ण रहेको बताउदै मुलकको जनशक्ती, नेपाल बाहिरको नेपाली जनशक्ती, भारत र चिनसँगको सम्वन्ध र बाँकी विश्व अहिलेको प्रमुख मुद्दा रहेको बताए । नेपाल अस्ट्रेलियन डेमोक्रयाटीक फोरमको रजत महोत्सवको अवसरमा सीडनीमा आयोजित कार्यक्रममा सीडनी आइपुगेका महामन्त्री शर्माले मुलुकको बिकास निमार्णको सन्दर्भमा मुलुक बाहिर रहेका चालिस लाख नेपालीको भुमिका अत्यन्तै महत्वपुर्ण रहेको बताउदै उनिहरुको शिप र दक्षता भित्राउने आजको आवश्यकता रहेको औलाए । पहिलो पटक अस्ट्रेलिया आएका शर्माले बिदशेमा स्थापीत भएका नेपालीलाई अहिलेनै नेपाल फर्क भन्ने बिषयमा आफु नरहेको बताउदै अगाडि भने उनिहरुका रहेको शिप र ज्ञानलाई मात्र भित्राउन सक्यो भने त्यो महत्वपुर्ण आधार बन्न सक्ने सुनाए ।
नेपालमा आर्थिक संकट छ , जताततै अस्तब्यस्त छ भन्ने कुरामा आफु बिश्वस्त नरहेको बताउदै महामन्त्री शर्माले भने नेपाल निमार्णको सुन्दर घडीमा हामीसँंग चुनौती छन तर सबै सकियो खतम भयो भन्ने हल्ला निराधार र कपोकल्पीत हुन । महामन्त्री शर्माले गैर आवासिय नेपाली नागरिकता पनि वंशज र अगिकृतजस्तै नागरिकता भएकोले बिदेशमा बस्ने नेपालीलाई भिषा लिनुपर्ने, जग्गा जमिन भोगचलन गर्दा वाधा अडचन आउनु हास्यास्पद बिषय भएको बताउदै तुरुन्तै सरकारले यसमा पहल गरेर निर्वाध नागरिक अधिकारको प्रयोगको बाताबरण बनाउनु पर्ने सुनाए । शर्माले नेपाल भन्दा भौगोलिक आधारमा निकै ठुलो भएता पनि जनसंख्याको आधारमा सानो रहेको अस्ट्रेलियामा नेपाली समुदायले गरेको प्रगती उन्नती लोभलाग्दो रहेको आफुले पाएको सुनाए । चिकित्सा बिज्ञानमा डेड हर्ट ट्रान्सप्लान्ट गरेर किर्तिमान कायम गर्ने डा कुमुद धितालदेखि धेरै खाले बिधामा बिज्ञता हासिल गरेका नेपालीहरुको उपस्थीती आफैमा महत्वपुर्ण रहेको शर्माको भनाइ थियो ।
यस्तै कार्यक्रममा नेपाली कांग्रेशका सहमहामन्त्री तथा नेता भिष्म आङदम्बेले प्रवासी नेपाली मुलुकको उन्नतीको एउटा बलियो आधार रहेको बिचार ब्यक्त गरे । आङदम्बेले अस्ट्रेलियामा डेमोक्रयाटीक बिचार बोक्ने साथीहरुले खालेको संस्थाको रजत महोत्सव मनाउन आउन पाउनु सबैको लागि खुसीको कुरा भएको बताए ।
संस्थाको रजत महोत्सवको अवसरमा आयोजित कार्यक्रममा यसका पुर्व अध्यक्षहरु छिरीङ लामा , सुरेन्द्र सिग्देल, ,गणेश केसी,डिल्ली ढकाल, बालचन्द्र भट्टराइ, विवेक थापा महेन्द्र लम्साललाई नेता बिश्व प्रकाश शर्मा र आङदम्बेले सम्मानपत्र र खादाले सम्मान गरेका थिए । संस्थाका अध्यक्ष भिष्म ओझाको सभापतीत्वमा सम्पन्न कार्यक्रममा महासचिब प्रकाश हुमागाइले कार्यक्रम बारे प्रकाश पारेका थिए । कार्यक्रममा एनआरएन अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले अस्ट्रेलियाका प्रारम्भीक दिनहरुमा राजदुतावास र एनआरएन नुहदा यस्तै खाले संस्थाहरुले मुलुकको प्रतिनिधित्व गरेको उदाहरण सुनाए । कार्यक्रममा एनआरएन ओसेनिया क्षेत्रिय संयोजक दिनेश पोखरेलले एनएडीएफले अस्ट्रेलियन भुमिमा आफ्नो २५ बर्षको इतिहास कायम गर्नु आफैमा महत्वपुर्ण बिषय भएको बताउदै रजत जयन्तीको अवसरका यसका सम्पुर्ण पदाधिकारीलाई बधाइ ज्ञापन गरेका थिए ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष छबि सापकोटाले आगन्तुकलाई स्वागत गरेका थिए भने एनआरएनका उपाध्यक्ष बिनोद श्रेष्ठ, बिभिन्न राजनितीक दलहरुकातर्फवाट अच्युत थपलीया, प्रबीण कडेंललगायतले शुभकामना ब्यक्त गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्