नेभिगेशन
LEADING_MAIN

अस्ट्रेलियाको एनएसडब्लु संसदमा फ्रेन्ड्स अफ नेपाल

अस्ट्रेलियामा नेपाली समुदाय बढदै गर्दा यहाको प्रत्यक्ष राजनितीमा पनि यसको प्रभाव बढन थालेको छ । अस्ट्रेलियाको सबैभन्दा बढि नेपालीहरुको उपस्थीती रहेको सीडनी र न्युसाउथवेल्स राज्यमा पनि यसको प्रत्यक्ष प्रभाव देखिन थालेको छ । अस्ट्रेलियाको पछिल्लो आम निर्वाचनमा लिबरलवाट संघिय सांसदमा नेपाली युवा बिनोद पौडेलको उमेदबारी र राज्य सांसदमा लेबरवाट एलेक्स कार्कीको दरिलो प्रस्तुती यसको उदाहरणपनि हुन । यसै क्रममा एनएसडब्लु राज्यका प्रभावशाली राजनितीज्ञहरुको उपस्थीतीमा पार्लियामेन्ट्री फ्रेन्ड्स अफ नेपाल गठन भएको छ ।
अस्ट्रेलियास्थीत नेपाली राजदुत कैलाशराज पोखरेल,पुर्व महाबाणिज्यदुत दिपक खड्का र एनआरएन अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलको उपस्थीतीमा यसै साता एनएसडब्लु संसद फ्रेन्ड्स अफ नेपालको गठन भएको छ । जसमा लिबरलमा सांसद तथा प्रभावशाली नेता ज्याकी मुन्रो र लेबरकी सांसद जुलीया फीन संयुक्त रुपमा सहअध्यक्ष रहेका छन । अस्ट्रेलियास्थीत नेपाली राजदुतावासको पहल तथा महाबाणिज्य दुतावासको सक्रियतामा एनएसडब्लुमा संसदिय नेपाली मित्रताको एउटा बलियो टिम बनेको हो । एनएसडब्लु संसद फ्रेन्ड्स अफ नेपालको कार्यक्रममा सांसद तथा मल्टीकल्चर छायाँ मन्त्री मार्क कुरे, एनएसडब्लु मल्टीकल्चर संसदिय सचिब मार्क बटिङ , पारामाटाका डोना डेभीसको उपस्थीती रहेको थियो । यस्तै सांसदहरु तान्या डेभिस ,ज्यासोन यात ,जेम्स ग्रीफीन तगायत पनि संसदमा नेपाली साथी टोलीमा सामेल भएका छन ।
राजदुतावासको पहल र नेपाली समुदायसँंग नीकट रहेका यी सांसदहरुको सक्रियतामा यो समिती बनेपछि आउदा दिनहरुमा साना तिना समस्यामा समेत सुनुवाइ र सहयोगको बाताबरण बन्ने कुरा पुर्व महाबाण्ज्यिदुत दिपक खड्काले बताए । यो निकै खसीको बिषय हो ,हामीले केहि पहिलेदेखिनै यसका लागि पहल गरेका थियौ तर अहिले यो सम्भव भएको छ , खड्काले भने । लगभग ७० हजारको हाराहारीमा नेपाली बसोबास गर्दै आएको यो राज्यमा सबैभन्दा बढि नेपाली विध्यार्थी अध्यनरत छन । बढदो नेपाली समुदायका पनि आफ्नै खाले मुद्दाहरु भएकोले सुनुवाइ र सहयोग आदान प्रदानका लागि अस्ट्रेलियन सरकारसग सिधै पुग्ने यो बलियो माध्यम बनेको छ , एनआरएन अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले बताए । अस्ट्रेलियाको राजनिती भित्र हामीलाई सधै भारतिय महाद्धीप अन्र्तगत राखेर हेरिने परम्परा थियो तर यो कमिटीको गठनपछि अब नेपाल र नेपालीका बिषयमा सिधै संसदमा समेत पहुँच पुग्ने बिश्वास लिएका छौ, अध्यक्ष पोखरेलले बताए । एनएसडब्लु संसदमा आयोजित कार्यक्रममा नेपाली अभियन्ता अन्जना बस्नेत लगायतको उपस्थीती रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्