नेभिगेशन
खेलकुद

क्रिकेटर भुर्तेललाई अष्ट्रेलियामा सम्मान

क्रिकेटर नभएको भए विद्यार्थीको रुपमा अष्ट्रेलियामा हूुन्थ्ये –कुशल भुुर्तेल

सिड्नी . नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनिङ ब्याटर कुशल भुर्तेलले आफु क्रीकेटमा नलागेको भए अष्ट्रेलियामा बिद्यार्थी हुने बताएका छन् ।। व्यवसायीक क्रिकेट खेल्न अष्ट्रेलिया आएको मौका पारेर एनआरएनए एनएसडब्लु राज्य समितिद्वारा सम्मानीत कार्यक्रममा कुसलले यस्तो बताएका हुन ।

एनआरएनए एनएसडब्लु राज्य समिति र असल्याण्डले संयुक्त रूपमा शनिबार सिड्नीमा आयोजना गरेको कार्यक्रममा क्रिकेटर भुर्तेललाई नगद सहीत सम्मान गरिएको हो। क्रीकेटर भुर्तेलले खेलाडी पलायनको बीषयमा सोधीएको प्रश्नमा भने, अब क्रीकेटमा भने खेलेर जीवन यापन गर्नसक्ने lदन आईसकेको छ । lहजोको lदनमा आफ्नो पनि सोच अष्ट्रेलिया आउने रहेता पनि क्रीकेटले जीवनमा फरक मोडमा ल्याईदीएको बताए ।

भुर्तेललाई सिड्नीमा स्वागत गर्दै एनआरएनए उपाध्यक्ष तथा एनएसडब्लु राज्य समितिका संयोजक विनोद कुँवरले देशलाई विश्वमाझ चिनाउने खेलाडीलाई सम्मान र स्वागत गर्न पाउनु गर्वको कुरा रहेको बताए। 'आफ्नो खेल कौशलको माध्यमबाट नेपाललाई विश्वकपमा पुर्‍याउन महत्वपूर्ण योगदान दिएका भुर्तेललाई सम्मान गर्न पाउनु गर्वको कुरा हो', उनले भने, 'कुनै पनि खेलाडीलाई हामीले गर्ने यस्ता सहयोगले देशको लागि खेल्न अझै उर्जा मिल्ने आशा गरेको छु।' यसअघि अभिनास बोहोरालाई पनि सम्मान गरिसकेको एनआरएनए एनएलडब्लुले खेलाडीलाई धेर थोर सहयोग पनि होस् भनेर आफूहरूले सम्मान गर्ने गरेको स्मरण गर्दै उनले सिड्नी आउने हरेक नेपाली राष्ट्रिय खेलाडीलाई जहिले पनि यही लेबलमा सम्मान गर्ने घोषणासमेत गरे।

 रूपन्देहीमा निजी लगानीबाट एक्ट्राट्रेक ओभल अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाइरहेका कुँवरले आगामी फागुन भित्रमा आफ्नो मैदानमा खेल खेल्न मिल्ने जानकारीसमेत गराए। उनले आफू नेपाल र नेपाली क्रिकेटमा अत्यन्त नजिक रहेको भन्दै विश्वकपमा नेपाली खेलाडीको हौसलाका लागि अमेरिकासमेत जाने बताए। उनले कुनै पनि राष्ट्रिय खेलाडीलाई जीवन चलाउनका लागि देश छोड्नु नपरोस् भनेर आफूले त्यसका लागि सकेको सहयोग गर्ने बाचासमेत गरे। 'खेलाडीले गरेको मेहनत र कामलाई सधै साथ र सपोर्ट गर्नेछु, आर्थिक अभावमा अब कुनै पनि नेपाली खेलाडीले विदेशीनु नपरोस् भनेर म लागिपरहेको छु', उनले भने।

यस्तै कार्यक्रममा एनआरएनए ओसेनिया क्षेत्रका संयोजक दिनेश पोखरेलले नेपाली क्रिकेटकोझ सफलतामा समस्त नेपालीहरू खुसी भएको भन्दै खेलाडीको वृत्ती विकासका लागि आफूहरूले सकेको सहयोग गर्ने बताए। नेपाली क्रिकेटलाई विश्वकपसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका निभाउने कुशल भुर्तेललाई स्वागत गर्दै उनले नेपाली क्रिकेट टिमको पछिल्लो सफलतामा समस्त प्रवासी नेपाली हर्सित रहेको भन्दै आगामी दिनमा ठूला ठूला प्रतियोगितामा जित निकाल्न सकोस भनेर शुभकामनासमेत दिए। यस्तै रूपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाका अध्यक्ष दिवाकर काफ्लेले आफ्ना जिल्लाबासी क्रिकेटर भुर्तेलाई के कसरी सहयोग गर्न सकिन्छ त्यसका लागि आफूहरू सधै तयार रहेकोसमेत बताए।कार्यक्रममा चलचीत्र नीर्माता अर्जुन कुमार , ग्रानभील नेपाली समाजका सचीब प्रकास भट्टराई , तास्मानीया नेपाली समाजका तोया भट्टराई लगायतले नेपाली क्रीकेटको बीषयमा जीज्ञासा राखेका थीए । रूपन्देहीकै स्थानीय भुर्तेलले आफ्नै ठाउँमा अन्तर्राष्ट्रिय स्तरको मैदान बन्न लागेकोमा खुसी व्यक्त गर्दै पहिलो सेन्चुरी आफैंले हान्नेसमेत बताए। 'मलाई विश्वास छ कि एक्ट्राटेकमा हाम्रो गेम भयो भने पहिलो सेन्चुरी मै हान्नेछु', उनले भने, 'चाँडो भन्दा चाँडो मैदान पुरा भएर खेल्न पाउँ।' पछिल्लो समय नेपाली क्रिकेटको सफलताबाट प्रेरित भएर अभिभावकहरू पनि आफ्ना बालबच्चालाई क्रिकेट खेल्न प्रेरित गरिरहेको भन्दै उनले नेपाली क्रिकेटको भविश्व उज्वल रहेको रहेको र अब पछाडि फर्केर हेर्ने अवस्था नरहेको बताए। नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनिङ ब्याटर कुशल भुर्तेल अहिले अस्ट्रेलियामा छन्। अस्ट्रेलियाको भिक्टोरिया राज्यको फ्रान्कस्टोन पेनिन्सुला क्रिकेट क्लबमा आबद्ध भएर क्रिकेट खेल्न भुर्तेल अस्ट्रेलिया आएका हुन्। करिब २ महिना अस्ट्रेलिया बसाईमा उनले अनुभव बटुल्नुका साथै क्लबबाट खेल्दा आफ्नो खेल कौशल अझ बलियो हुने आशा राखे। उनले जनवरीको अन्त्यसम्म क्लबबाट खेल्नेछन्। त्यसपछि उनी राष्ट्रिय टिमबाट खेल्नका लागि नेपाल फर्कनेछन्। फ्रान्कस्टोन अस्ट्रेलियाको भिक्टोरिया राज्यको शीर्ष क्लब मध्ये एक हो। क्लबले भिक्टोरियाको शीर्ष प्रतियोगिता खेलिरहेको छ। यही क्लबबाट अस्ट्रेलियाका टेस्ट क्रिकेटर स्कट बोलान्डको 'होम क्लब' हो। क्लबमा रहदा कुशलले एकदिवसीय र टी-२० खेलमा सहभागिता जनाउनेछन्। क्लबले भिक्टोरिया प्रिमियर क्रिकेटअन्तर्गतका विभिन्न राज्यस्तरीय प्रतियोगिता खेलिरहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
साफ यू २० मा नेपालको विजयी सुरुवात

साफ यू २० मा नेपालको विजयी सुरुवात

साफ यू-२० च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलमा नेपालले श्रीलंकालाई पराजित गरेको छ।
काभा महिला भलिबल : इतिहास रच्नबाट चुक्यो नेपाल, भारत च्याम्पियन

काभा महिला भलिबल : इतिहास रच्नबाट चुक्यो नेपाल, भारत च्याम्पियन

काभा महिला भलिबल नेसन्स लिगको उपाधि भारतले जितेको छ । फाइनल खेलमा घरेलु टिम नेपाललाई ३-२ को सेटमा हराउँदै भारत च्याम्पियन बनेको हो ।
पेरिस ओलम्पिकको १२औं दिन अमेरिका २७ स्वर्णसहित पदक तालिकाको शीर्ष स्थानमा

पेरिस ओलम्पिकको १२औं दिन अमेरिका २७ स्वर्णसहित पदक तालिकाको शीर्ष स्थानमा

पेरिस ओलम्पिक २०२४ अन्तर्गत १२औंं दिनको समाप्तीमा अमेरिका २७ स्वर्ण पदक सहित शीर्ष स्थानमा कायम छ ।
टेनिस स्टार जोकोभिचले पेरिस ओलम्पिकमा जिते स्वर्ण

टेनिस स्टार जोकोभिचले पेरिस ओलम्पिकमा जिते स्वर्ण

टेनिस स्टार नोभाक जोकोभिचले पेरिस ओलम्पिकमा स्वर्ण जितेर करिरसको गोल्डेन स्लममा पनि पूर्णता दिएका छन् । ३७ वर्षे यी खेलाडीलेफाइनलमा स्पेनिस खेलाडी कार्लोल अल्काराजलाई हराएका हुन् ।