सिड्नी । शब्दमाला नेपाली भाषा विद्यालयले आफ्नो नवौं गाला डिनर विभिन्न सास्कृतिक कायक्रमको आयोजना गरी भव्यताका साथ सम्पन्न गरेको छ । यहि नोभेम्बर २५ तारिख शनिवारका दिन ब्लाकटाउनस्थित बोमन हलमा आयोजित भव्य कार्यक्रममा वालवालिका र अभिभावकहरु गरी करिब पाच सय भन्दा बढीको उपस्थिति रहेको थियो ।
कार्यक्रममा शब्दमालाका विभिन्न शाखाका वालवालिकाहरुले नेपाली नृत्य गीत संगीतमा आआफ्नो प्रस्तुती दिएका थिए । कार्यक्रममा नेपालका विभिन्न जात जाति भेष भुुषाका पोशाकहरु दौरा सुरुवाल, चौबन्दी चोली, नेवारी,मगर, गुरुङ लगायतका पोशाकमा सजियर नृत्य गर्दा साच्चिकै नेपाली पन झल्किएको थियो ।
ससाना वालवालिकाहरुले मादलको तालमा ताल मिलाउदैं बजाउदा हल नै गुुन्जयमान बनेको थियो । कार्यक्रममा प्रवासमा आफ्ना नाति नातिनाले नेपाली भाषा नजान्दा नेपालबाट अष्टेलियामा आएका अभिभावहरुको पिडा झल्कने नेपाली नाटक समेत प्रस्तुुत गरिएको थियो ।
कार्यक्रमकी प्रमुुख अतिथी एनएसडब्लुु सामुुदायिक भाषा विद्यालय महासंघकी अध्यक्ष लुसिया जोन्सले शब्दमाला नेपाली भाषा विद्यालयको प्रशंसा गर्दै शुुभकामना व्यक्त गरिन् । अर्का अतिथि गैर आवासिय नेपाली संघ अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले शब्दमाला नेपाली भाषा विद्यालयको प्रशसा गर्दै गैर आवासिय नेपाली संघ अष्ट्रेलियाको साथ र सहयोग सधैं रहने बताए । उक्त सास्कृतिक कार्यक्रममा शब्दमाला भाषा विद्यालयका अध्यक्ष विष्णु घिमिरेले शब्दमालाको महत्वमाथि प्रकाश पार्दै प्रवासमा नेपाली वालवालिकाहरुलाई आफ्नो नेपाली भाषा, कला सस्कृतिका वारेमा जानकारी गराउनु मुख्य उद्धेश्य रहको बताए । भाषा रहे कला संस्कृति रहने बताउदैं प्रवासमा जन्मिएका वालवालिकाहरुलाई नेपाली भाषा र कला संस्कृतिहरुको वारेमा शिक्षा दिनु सबै अभिभावहरुको दायित्व रहेको बताए । शब्दमाला नेपाली भाषा विद्यालयको यात्रामा साथ दिने अभिभावकहरु, शिक्षक शिक्षिका, स्वयंसेवी, शुभचिन्तक सबैलाई धन्यवाद समेत दिए । शब्दमालाकी पुर्व अध्यक्ष अर्चना गुरुङले सुरुवातीका ति कठिन दिनहरु स्मरण गर्दै सबैको हातेमालो बँटै शब्दमाला यहॉसम्मको यात्रा तय गरेको बताउदैं आउ‘दा दिनहहरुमा पनि सबैलाई सहयोग गर्न आग्रह गरिन् । शब्दमालाकी शैक्षिक संयोजक जया थापाले प्रवासमा रहेका वालवालिकाहरुाई नेपाली भाषा र संस्कृति सिकाउनुु अपरिहार्य रहको बताईन् । शब्दमालाका सचिव मुकेश बुढाथोकीले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा शब्दमालामा ५ बर्ष र १० बर्ष काम गरेका शिक्षक शिक्षिकाहरुलाई बिशेष सम्मान गरिएको थियो । शब्दमालाको अभियानलाई संचारको मध्यमबाट सहयोग गरे बापत केही संचारकर्मीहरुलाई समेत सम्मान गरिएको थियो । साथै मिनिट्रियर अवार्डबाट सम्मानित विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।
सन् २०१० मा न्यु साउथवेल्स राज्यको संघ निगमन ऐन २००९ अन्र्तगत गोर्खा नेपाली कम्युनिटी र गुठी अष्ट्रेलियाको सहकार्यबाट शब्दमाला नेपाली भाषा विद्यालयको जन्म भएको थियो । शब्दमाला एक स्वयसेवकहरुद्धारा संचालित गैरराजनीतिक तथा गैरनाफामुलक संस्था हो । शब्दमाला एन एस डब्लु फेडलर अफ कम्युनिटी ल्याग्वेज स्कुलको सदस्य रहेको छ
हाल शब्दमालामा न्यु साउथ वेल्स राज्यका सात वटा शाखाहरुमा नेपाली भाषा संचालित छन् । जसमा क्याम्सी पब्लिक स्कुल , कार्लटन साउथ पब्लिक स्कुल , ग्रान्भिल पब्लिक स्कुल , म्याकुुरी फिल्ड पब्लिक स्कुल , प्लाट्सवर्ग पब्लिक स्कुल , न्यू क्यासटल , पोन्डस् हाइस्कुल , र वाइतारा पब्लिक स्कुल , रहेका छन् । शब्दमालामा हाल करिब ३२० विद्यार्थीहरुका साथै २० जना स्वयं सेवक तथा ३२ जना शिक्षक शिक्षिकाहरु रहेका छन् । शब्दमालाले भाषाको अतिरिक्त नेपाली नृत्यहरु पनि सिकाउदै आएको छ । नेपाल फेष्टिभल लगायत अन्य नेपाली कार्यक्रमहरुमा शब्दमालाका ससाना वालवालिकाहरुले आफ्नो प्रस्तुती दिदै आएका छन् ।