नेभिगेशन
LEADING_MAIN

सीड्नीमा छठ पर्व भब्य रुपमा मनाइयो

सीडनीको पश्चिमी क्षेत्रमा रहेको चिपीङ नर्टनको ताल नजिकै पार्कमा नेपाल तराइ संघ अस्ट्रेलिया(एन्टा)ले भब्य रुपमा यस बर्षको छठ पर्ब मनाएको छ । तिहार सकिए लगत्तै प्रारम्भ हुने छठ पर्व पछिल्ला बर्षहरुमा समेत अस्ट्रेलियामा धुमधामका साथ मनाइदै आएको छ । बर्षभरी मानवजातीलाई शक्ती प्रदान गर्न सुर्य देवताको बिशेष पुजा आजा गरिने यस छठ पर्ब यतिबेला तराइ मधेशको मात्र नभइ सबैको राष्ट्रीय चाड बनिसकेको एन्टाका अध्यक्ष रन्जित शाहले बताए । नेपाल र नेपालीको पहिचान बनिसकेको यो पर्व बिदेशमा आएर पनि भब्य र सभ्य रुपमा मनाउन पाउदाँं हामीलाई निकै खुसी लागेको छ , अध्यक्ष शाहले बताए । एन्टाका पुर्व अध्यक्ष सुवांश शाहले बिदेशमा पनि छठ पर्बको बिस्तार बलियो बन्दै आएको र अस्ट्रेलियामा लामो समयदेखि यो पर्बलाई हर्षोल्लासका साथ मनाउदै आएको बताए ।
कार्यक्रममा एनआरएन अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले सहभािगता जनाउदै मुलुकसँंग जोडिएका यस्ता भाड पर्वहरु सबैका लागि महत्वपुर्ण र बिशेष हुने बताए । कार्यक्रममा आइसीसी सदस्य डिल्ली ढकाल ,एनआरएन अस्ट्रेलियाका सल्लाहकार बुद्धी डल्लाकोटी, पुर्व अध्यक्ष महेन्द्र ओली, समुदायका अगुवा रमेश पाण्डे लगायतले छठ पर्बको उपलक्ष्यमा शुभकामना आदान प्रदान गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्