नेभिगेशन
नेपाल समाचार

नेपालमा ६.४ म्याग्निच्युडको भुइँचालोले कम्तिमा २२ जनाको मृत्यु ( थप विवरण आउन बाँकी )

 

नेपालन्युज समाचारदाता

काठमाडौं । पश्चिम नेपालको जाजरकोटलाई केन्द्रविन्दु बनाएर शुक्रबार राति ११:४६ बजे आएको ६.४ म्याग्निच्युडको भुइँचालोले रूकुमको आठविसकोट नगरपालिकामा कम्तिमा १४ जनाको मृत्यु भएको छ।
आठविसकोट नगरपालिकाका उपप्रमुख धनकुमारी शाहीका अनुसार वडा नम्बर ११ मा सबभन्दा बढी सात जनाको मृत्यु भएको छ भने वडा नम्बर १२ मा चार जना र वडा नम्बर १३ मा तीन जनाको मृत्यु भएको छ।

‘अहिलेसम्म तीनवटा वडामा गरेर १३ जनाको मृत्यु भएको खबर आएको छ। पूर्ण विवरण अझै आइसकेको छैन,' । अहिलेसम्म झन्डै ५० जना भन्दा बढी घाइते भएको पुष्टि भएको छ ।
त्यस्तै, जाजरकोटको खलंगामा केही घरहरू भत्किएको छ । सल्यान र रोल्पामा पनि केही घर भत्किएको त्यहाँका प्रहरीले बताएका छन्।
यो भुइँचालोको धक्का भारतको नयाँदिल्लीसम्म महसुस गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। त्यहाँ अहिलेसम्म कुनै क्षतिको विवरण भने आएको छैन।
थप समाचार हिन्दूस्थानटाइम्स बाट

https://www.hindustantimes.com/cities/delhi-news/earthquake-jolts-delhi-ncr-101699034777446-amp.html

https://www.hindustantimes.com/cities/delhi-news/earthquake-jolts-delhi-ncr-101699034777446-amp.html

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्