नेभिगेशन
नेपाल समाचार

गैरआवासीय नेपाली संघको अध्यक्षमा ४ जनाको उम्मेदवारी

उपाध्यक्षमा(६ जना निर्वाचित हुने ) १३ जनाको उम्मेदवारी

अष्ट्रेलियाबाट ४ जना उपाध्यक्षको उम्मेदवारी

नेपालन्युज सम्बाददाता
काठमाडौं । गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्को अक्टोबर १९ तारिकमा गते हुने निर्वाचनका लागि अध्यक्षमा ४ जनाको उम्मेदवारी परेको छ ।

अध्यक्षमा बद्री केसी( रशिया ) महेश कुमार श्रेष्ठ ( जापान ) रविना थापा ( अमेरिका ) र राजेन्द्रकुमार शर्मा ( कतार ) को उम्मेदवारी परेको हो । अक्टोबर १२ देखी १४ तारिक दिउँसो १ बजेसम्मका लागि मनोनयन दर्ताको म्याद तोकिएको थियो । त्यस्तै उपाध्यक्षमा (६ जना निर्वाचित हुने ) १३ जनाको उम्मेदवारी परेको छ । अष्ट्रेलियाबाट ४ जना अभिमान सिङ बस्नेत बिनोद श्रेष्ठ गणेश के.सी धर्म राज अधिकारी रहेका छन भने अमेरिकाबाट २ जना डा. केशब कंडेल र जेडु पोखरेल रहेका छन । जर्मनीबाट बिजय मोक्तन क्यानाडाबाट चिरन्जिबी घिमिरे बेल्जियमबाट गंगाधर गौतम जापानबाट गोविन्द प्रसाद श्रेष्ठ यू के बाट डा. हेम राज शर्मा मलेसियाबाट खगेन्द्र न्यौपाने र नेदेरल्यान्डबाट नारायण प्रसाद आचार्यले उम्मेदवारी दर्ता गराएका छन ।

एनआरएनएमा अध्यक्ष, एक महिला र युवासहित ८ उपाध्यक्ष, एक महासचिव, ६ सचिव र एक कोषाध्यक्षसहित ७४ जना अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीका लागि निर्वाचन हुनेछ ।

एनआरएनएको ११ औं विश्व सम्मेलन अक्टोबर १७ ( आज देखी ) काठमाडौंमा सुरु हुँदैछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्