नेभिगेशन
LEADING_MAIN

इजरालयमाथि हमासको आक्रमण

९ नेपाली घाइते २ जनाको अवस्था गम्भीर

नेपालन्युज सम्बाददाता
काठमाडौं । इजरायलमाथि प्यालेस्टाइनी चरमपन्थी समूह हमासले रकेट आक्रमण गरेको छ । बीबीसीले जनाएअनुसार उक्त रकेट आक्रमणमा परेर सय भन्दा धेरै इजरायली नागरिकको मृत्यु भइसकेको छ भने ठुलो सख्यामा घाइते भएका छन् ।

यसैबीच हमासको आक्रमणमा परी इजरालयमा रहेका ९ नेपाली घाइते भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार १४ जना कार्यरत रहेको एक फार्ममा भएको आक्रमणमा ९ जना घाइते भएको र तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको उल्लेख छ । तर कति नेपाली घाइते भएका छन् भन्ने यकिन विवरण अझै प्राप्त भएको छैन । इजरालयमा चार देखि पाँचहजारसम्म नेपाली रहेको अनुमान गरियको छ । नेपाली विद्यार्थीहरु त्यहाँ कृषि अध्ययनका लागि पुगेको बताइएको छ ।

शनिबार बिहान इजरायलमाथि हमासले गोलाबारी गरेको हो
समाचारअनुसार केही इजरायली सैनिकलाई हमासले नियन्त्रणमा पनि लिएको छ तर यसको औपचारिक पुष्टि भने भएको छैन । हमासले २० मिनेटमा पाँच हजार रकेट आक्रमण गरेको जनाएको छ ।

यसै बिच इजरायलमाथि शनिबार गरिएको आक्रमणको नेपाल सरकारले भर्त्सना गरेको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै इजरायल सरकारसँग नेपालको ऐक्यबद्धता व्यक्त गरिएको छ ।
परराष्ट्र मन्त्री एनपी साउदले नेपालीहरुलाई युद्धग्रस्त क्षेत्रबाट उद्धार गरेर सुरक्षित स्थानमा ल्याउन त्यहाँको सरकारसँग दूतावासले समन्वय गरिरहेको बताएका छन ।
नेपाल सरकारले आक्रमणमा मृत्यु भएकाका परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ । घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । अमेरिका अष्ट्रेलियाको सरकारले पनि इजरायलमाथि गरिएको आक्रमणको भर्त्सना गरेको छ ।

परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्ति हेर्नुहोस् ।
Press Statement
The Government of Nepal strongly condemns the terrorist attack in Israel today that caused loss of precious human lives and injured many more. At this critical hour, we convey our solidarity with the Government of Israel.
The Government of Nepal extends heartfelt condolences and deepest sympathies to the people and Government of Israel as well as the victims of this cruel attack and their families. We wish for speedy recovery of the injured.
We have been informed that a farm, where 14 Nepalis were working, was also under attack. Nine of the Nepalis have been reportedly injured while two of them are in serious condition.
Further updates will be made in due course.
The Embassy of Nepal in Israel is in close communication with the Nepalis living in the areas under attack. The Embassy is also in contact and coordination with the Israeli authorities for the safety, security and rescue of the Nepalis as well as medical treatment of the injured.
Given the situation, Nepali nationals in Israel are requested to remain cautious and follow the safety measures advised by the authorities.
The contact details of the Embassy of Nepal in Israel are as follows:
Tel: +972(0)35168085
Ambassador Ms. Kanta Rizal +972545864423
First Secretary Mr. Arjun Ghimire +972528289300
Email: [email protected]

Ministry of Foreign Affairs
Singh Durbar, Kathmandu
7 October 2023 फोटो सभार : सामाजिक सन्जल 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्