नेभिगेशन
कला/शैली

नेपाली हिन्दु समाज अष्ट्रेलियाको तीज भव्य (फोटो फिचर सहित)

नेपाल न्युज सम्बाददाता
सिड्नी । अष्ट्रेलिया

नेपाली हिन्दु समाज अष्ट्रेलियाको आयोजनामा सेप्टेम्बर १८ तारिख सोमबारका दिन बरउढ पार्कमा भव्य हरितालिका तीज मेला सम्पन्न गरेको छ । सो तीज मेलामा नेपालबाट आएका ख्यतिप्राप्त कलाकारहरु कोमल ओली र गौरी मल्लले सिड्नीवासी नेपालीहरुलाई मम्मर मर्काई मकाई नचाउन सफल भए ।
उक्त दिन आराध्यदेव पशुपतीनाथ भगवानको मन्दिर स्थापना गरी नेपालकै झल्को दिनेगरी पूजा गरिएको थियो । विहान ९ बजेदेखि सुरु भएको कार्यक्रम साझको आरतीपछि समापन भएको थियो ।
सिड्नी वरपरका चेलीहरु रातो सारीमा सजिएर पार्कमा नाच्न आउदा पार्कको माहोल नै वेग्लै थियो । कार्यक्रममा उपस्थित सबै जनालाई आयोजकले धन्यवाद दिदै आगामी दिनहरुमा पनि यस्तै साथ र सर्पोटको लागि आग्रह गरेको छ ।
आयोजक सस्थाले प्रवासमा रहेर पनि आफ्नो धर्म सस्कृति परम्परा र रितिरिवाजलाई जोगाउन गतवर्ष पनि ग्यान्भिलको मेरिल्याण्ड पार्कमा यस्तै तीज कार्यक्रम गरेको थियो ।

फोटोमा हेर्नुहोस् तीज मेलाको रौनक

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्