नेभिगेशन
अस्ट्रेलिया समाचार

मेलवर्नमा सिएरा कप फुटबल

एभरेष्ट युनाइटेड क्लबको आयोजनामा यही आउदो सेप्टेम्बर २३देखि दुइ दिने सिएरा कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । मेलवर्नका दशवटा फुटबल क्लबले भाग लिएको प्रतियोगिता लिग कम नक आउटको आधारमा आयोजना हुने छ । प्रतियोगिता खुल्ला , ३५ बर्ष मािथको र १३ बर्ष मुनिको गरी तिन प्रकारको हुने क्लबका संस्थापक राजन मास्केले बताए ।
बहुसास्कृतीक समुदायको सहभागिता रहन सक्ने यस प्रतियोगितामा कुल पाँंच हजार डलर पुरस्कार रहेको छ । भवन निमार्णमा सक्रिय सिएरा होम्सको प्रायोजनमा सन्चालन हुने प्रतियोगितामा बालबालिकाका लागि मनोरन्जनात्मक खेलहरु समेत समावेश गरिएको आयोजकले जनाएको छ । पुराना साथी भेटौ, नया साथी बनाऔ र मनोरन्जन गरौ भन्ने नाराका साथ प्रतियोगिता आयोजना गरिएको मास्केले सुनाए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अस्ट्रेलिया समाचार
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।