नेभिगेशन
अस्ट्रेलिया समाचार

एनआरएन अष्ट्रेलियाद्धारा राणालाई सम्मान

एनआरएन अष्ट्रेलिया एनएसडब्लु राज्य समितीले नेपालवाट अष्ट्रेलिया भ्रमणमा आइपुगेका वरिष्ठ पत्रकार कबिर राणाको सम्मानमा कार्यक्रमको आयोजना गरेको छ ।
नेपाली पत्रकारीता क्षेत्रमा राणाले पुरयाएको योगदानको कदर गर्दै एनआरएन अष्ट्रेलियाद्धारा पत्रकार कबीर राणा र उनकी धर्मपत्नी नन्दु राणालाई दोसल्ला र प्रमाणपत्रवाट सम्मानीत गरेको थियो । सम्मानपछि बोल्दै राणाले बिदेशमा बस्ने नेपालीलाई मुलुक र जन्मेको थलो नर्बिसन आग्रह गरे । हाम्रो मुलुक नराम्रो पनि हैन र छैन पनि मात्र बेथीती बढेको हो ,यसमा पुरै निराश हुनुपर्ने कुरा केहि छैन । राजनिती र प्रशासनमा बिकृती र बिसंगती संसारभर छन तर हाम्रोमा अलि बढि भएको मात्र हो ,यसलाई सबै मिलेर बिस्तारै निरुत्साहित गर्नुपर्छ र सबै मिलेर मुलुकको बिकास निमार्णमा हातेमालो गर्न सक्नुपर्छ , राणाले बताए । सम्मान कार्यक्रम एनआरएन केन्द्रिय उप महासचिब गणेश केसीले हक्की स्वभावका संचारकर्मी कबिर राणा र नेपाली लोकतान्त्रिक अभियानका अभियन्ता समेत भएकाले उनको योगदान बिर्सन नहुने बताए । यस्तै कार्यक्रममा एनआरएन ओसेनिया संयोजक दिनेशराज जोशीले नेपाली पत्रकारीता क्षेत्रमा देशान्तर र यसको भुमिका बिर्सन नहुने बताउदै संचारकर्मी राणा सम्मानयोग्य ब्यक्तीत्व रहेको चर्चा गरे । आइसीसी सदस्य डील्ली ढकालले नेपालको मानव अधिकार र सन्चार क्षेत्रमा राणाको साढे तिन दशकको यात्रा संझीनलायक रहेको चर्चा गर्दै सीडनीमा उहालाई सम्मान गर्न पाउदा निकै हर्षित भएको सुनाए ।
यस्तै कार्यक्रममा एनआरएनका कोषाध्यक्ष अर्जुन गौतमले राणालाई अस्ट्रेलियामा स्वागत गर्न पाउदा निकै हर्षित भएको र यहाको बसाइ सुखद रहने बिश्वास ब्यक्त गरे । कार्यक्रमका सभापती तथा एनआरएन एनएसडब्लु संयोजक बिनोद कुवरले सम्मान अर्पीत गर्दै राणाले नेपाली सन्चारजगतमा खेलेको भुमिका अबिष्मरणीय रहेको र आगामी दिनमा पनि महत्वपुर्ण योगदानको अपेक्षा राखेको बताए । कार्यक्रममा नेपाली समाजका अगुवाहरु डा ज्ञानेन्द्र रेग्मी , डा राजु मानन्धर, अरुण ठाकुर , सुवांश शाह, जनसम्पर्क समितीका उपाध्यक्ष राजेश केसी लगायतको उपस्थीती रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अस्ट्रेलिया समाचार
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।