नेभिगेशन
अन्य

गणेश केसी एनआरएन उपाध्यक्षका प्रबल दाबेदार

गैर आवासिय नेपाली संघको आगामी अक्टोबरमा हुने निर्वाचनमा अस्ट्रेलियावाट गणेश केसीले उपाध्यक्षको पदमा उमेदबारी दिने भएका छन । एनआरएन अस्ट्रेलियाको अध्यक्ष र एनआरएन केन्द्रको उप महासचिब रहेका केसीले यस पटक डेमोक्रयाटीक धार बोकेर एनआरएन अभियानलाई अगाडि बढाउदै उपाध्यक्षमा आफुले उमेदबारी घोषणा गरेको बताए ।
अस्ट्रेलियामा प्रभावशाली मानिएका गणेशलाई आफ्नो टिममा पार्न आरके शर्मा र महेश श्रेष्ठले तयारी गरिरहेको समेत बुझीएको छ । एनआरएन अभियानमा राजनिती गर्न नहुने बताउदै आएका गणेशले आफु डेमोक्रयाटिक धारवाट अलग नहुने तर एनआरएन अभियानलाई अगाडि बढाउने टिममा रहेर काम गर्न चाहेको बताए । नाम भन्दा पनि पहिले त्यहा पुगेर काम गर्न सक्नु पर्छ भन्ने मेरो मुल्य र मान्यतामा जसले साथ दिन्छ त्यसैलाई बोकेर अगाडि बढने निर्णय गरेको छु, हेरौ केहि दिनमै टुंगो लाग्ला ,उप महासचिब समेत रहेका गणेशले बताए । मुलुकलाई एनआरएन अभियानसँंग जोडेर आर्थिक समृद्धीमा केहि ठोस कदम चाल्न सकिन्छ भन्ने मेरो पहिलो उद्देस्य हो । त्यस पश्चात संसारभर छरिएर रहेका प्रवासी नेपालीको हक हितमा कार्य गर्ने र संस्थाको बिग्रदो छबीलाई उजिल्याउने मेरो प्रयास हुनेछ, उमेदबारी घोषणा गर्दै केसीले बताए । मुलुकको पछिल्लो अवस्था र रेमिटान्सले धानेको मुलुकको हिसाबले खाडी मुलुकलाई एनआरएनले नजिकवाट नियाल्नुपर्ने अवस्था रहेको केसीले बताए । बिदेशमा सिकेको शिप र ज्ञानलाई मुलुकमा पुरयाउने र सीप र संभावना बोकेर बिदेश आउनका लागि केसीले अस्ट्रेलियाको प्राविधिक शिक्षालाई नेपाल समेत लगेका छन । बिदेश आउने युवा पीढीलाई शिप सिकेर गएमा राम्रो आम्दानी र स्थायीत्वको समेत व्यबस्थापन हुने हुनाले नेपालमै कुकरी र बेकरीजस्ता शिक्षा पढाउने काममा आफु लागेको केसी बताउछन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्