नेभिगेशन
अस्ट्रेलिया समाचार

एनआरएनको अध्यक्षमा महेश श्रेष्ठको बलियो दाबेदारी

गैरआवासीय नेपाली संघको ११औं महाधिवेशनका लागि वर्तमान उपाध्यक्ष महेश कुमार श्रेष्ठले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन । अस्ट्रेलिया भ्रमणमा रहेका जापानका व्यबशायी श्रेष्ठले साथीभाइको सल्लाह बमोजिम आफु अध्यक्षको उमेदबार बनेको बताएका हुन ।

आगामी अक्टोवर १७ देखि २० तारिखसम्म काठमाडौंमा हुने महाधिबेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गर्ने भएकाले उपाध्यक्ष श्रेष्ठले अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेका हुन ।
‘समृद्ध नेपाल, सम्मानित प्रवासी नेपाली’ मुल नारासहित उपाध्यक्ष श्रेष्ठले अध्यक्ष पदका लागि आगामी सेप्टेम्वर १५ तारिखमा काठमाडौमा औपचारिक घोषणा सभा गर्ने जानकारी दिए ।
श्रेष्ठले आफ्नो कार्यकालमा संघले गर्ने कामहरुलाई ५ रणनैतिक योजना बनाई निश्चित कार्यतालिका अनुसार समयमानै पूरा गर्ने
प्रतिवद्धता समेत जनाएका छन । अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभन्दा पहिला विभिन्न देशमा पुगेर आफ्नो पक्षमा माहोल बनाइरहेका श्रेष्ठले अस्ट्रेलिया आएपछि थप उत्साही भएको समेत बताए । अर्का उपाध्यक्ष दुर्गा आचार्य एनआरएन अस्ट्रेलियाका नव निर्वाचित अध्यक्ष अनिल पोखरेल, महासचिब सन्तोष कुवरलगायतले गरेको सम्मान र समर्थनले आफु थप पुलिकित भएको श्रेष्ठले सुनाए ।
‘परिणाममूखी ,पारदर्शी र विश्वासयोग्य एनआरएनए वनाउने अभियानमा सक्रिय भूमिका निर्वाह गर्ने प्रण गर्दै विश्वभर छरिएका गैरआवासीय नेपालीहरुसंगको घनीभूत छलफल र अन्तरक्रियापछि संघको अध्यक्ष पदका लागि उम्मेदवारी दिने निर्णय गरेको हुँ ।

संघको दुइ दशकको इतिहासमा पछिल्लो कार्यकाल सोचे अनुरुप सुखद हुन नसकेकोमा उनमा चिन्ता छ । संघको दशौँ महाधिवेसनमा भएको विवादले गर्दा संघको गरिमामा ठूलो आंच आएको र संघप्रति ठूलो अविश्वास छाएकोले त्यसलाई चिर्न आफ्नो नेतृत्व आवश्यक रहेको उनको दावी छ ।गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय परिषद्को सदस्य, कोषाध्यक्ष र उपाध्यक्ष पदको जिम्मेवारी सम्हाल्दा संघको आर्थिक पारदर्शिता र आर्थिक व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेको, संघलाई थप सुरक्षित, विश्वास योग्य वनाउन र निर्वाचन अनलाइन बनाउन नेतृत्वदायी भूमिका खेलेको श्रेष्ठले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अस्ट्रेलिया समाचार
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।