नेभिगेशन
अन्य

अब हास्ने पालो सिड्नीको

नेपाली चलचित्र र गित संगितले सधै रंगिने सीडनी शहरको अब हास्ने पालो भएको छ । गब्बर इन्टरटेन्टमेन्ट्सले यहि आउदो २७ अगष्ट आइतबार पारामाटास्थीत रिभर क्यानन बारमा "अब हास्छ सीडनी "कार्यक्रम आयोजना गर्ने भएको छ । नेपालको हास्य बिधामा उदाएका नया प्रतिभाहरुको बेजोड उपस्थीती रहेको यस कार्यक्रमले सीडनीबासीलाई केहि हदसम्म हसाउनुका साथै मनोरन्जन प्रदान गर्ने कुरा आयोजक गब्बरका आयुष पोखरेलले बताएका छन । कार्यक्रममा नेपालका चर्चित हास्य कलाकारहरु भरतमणी पौडेल, कमेडी शो मार्फत ख्याती कमाउन सफल सुमन कार्की ,कैलाश कार्की र बीक्की अग्रवालका साथै हिमाल सापकोटा रहेका छन । उनिहरुले अस्ट्रेलियाका बिभिन्न शहरहरुमा आफ्नो प्रस्तुतीले दर्शकहरुलाई पेट मिचि मिची हसाउन सफल भैसकेका छन । समसामयीक राजनिती र ब्यंगमा माहिर युवा हास्यकलाकारहरुको यो कार्यक्रमले बिशुद्ध मनोरन्जन प्रदान गर्ने आयोजक पोखरेलको दाबी छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्