नेभिगेशन
कला/शैली

सीडनीको तिजमा पुशपती शर्माको धमाका

अस्ट्रेलियाको सीडनीमा तिजको कार्यक्रमको लोकप्रीयता बढदैजाँदा दृष्य इन्टरटेन्टमेन्ट्सले यही आउदो शुक्रबार २५ अगष्टमा ओरानपार्कमा चर्चित लोकगायक पुशपती शर्मा र सीडनीकै गायक सन्जिव पराजुली सहितको तिज धमाका आयोजना हुने भएको छ ।
सीडनीको ओरान पार्कस्थीत सेन्ट्रल एभिन्युमा आयोजना हुने तिन धमाकामा पशुपती शर्माले तिजको बिशेष प्रस्तुती दिने छन भने स्थानिय कलाकार सन्जिव पराजुली र डीजे नटकेसको मुख्य प्रस्तुनी रहने आयोजक दृष्य इन्टरटेन्ट्समेन्टकी क्रृष्टी श्रेष्ठले जानकारी दिएकी छिन । कार्यक्रमको मुख्य प्रायोजकका रुपमा धुर्सन कन्ट्रक्सन रहेको छ भने लक्ष्मी होम लोन, राइट एन्ड एशोसियट्सलगायतले सहयोगी भुमिका निर्वाह गरेका आयोजक श्रेष्ठले जानकारी गराइन । महीलाहरुको महान चाड तिजको अवसरमा रमाइलो गरेर एक आपसमा माया सदभाव साट्नका लागि कार्यक्रममा सहभागि भइदिन आयोजक कृष्टी श्रेष्ठले आग्रह गरेकी छिन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्