नेभिगेशन
LEADING_MAIN

एनआरएनका नव निर्बाचित पदाधिकारीलाई राजदुतावासको सम्मान

कृष्ण तिवारी
नेपाली राजदुतावास क्यानबेराले एनआरएन अस्ट्रेलियाका नव निर्वाचत पदाधिकारीको सम्मानमा राजदुत निवासमा दिवाभोजको कार्यक्रम आयोजना गरेको छ । स्वागत तथा सम्मान कार्यक्रममा बिभिन्न राज्य र एनआरएन अस्ट्रेलियाका पदाधिकारीहरुको पहिलो मुद्दानै पासपोर्ट बनेको छ ।
सन २००७ को मार्च महिनामा पन्ध्र हजार नेपालीको सेवा र सहयोगको लागि स्थापना भएको राजदुतावासमा अहिले नेपालीको संख्या दुइ लाख पुग्दा पनि त्यही पुरानै संरचना रहेको छ । त्यही कर्मचारी र उहि व्यबस्थापनका कारण पनि लाखौको संख्यामा बढदो नेपाली जनसंख्या र समस्यालाई सहजै सम्वोधन गर्न नसकेको अवस्था देखिएको उनिहरुको ठम्माइ छ । नेपाल सरकारले यस बिषयलाई महत्व भित्र राख्न नसक्दा अस्ट्रेलियामा बसोबास गर्दै आएका लाखौ नेपाली मारमा परेका हुन ।
हुन त यस पटक राजदुत कैलाशराज पोखरेलको पहलमा अस्ट्रेलियाका बिभिन्न शहर र न्युजिल्यान्डमा घुम्ती पासपोर्ट शिविर पनि नचलाइएको होइन । तर त्यसले बढदो आवश्यकतालाई स्थायी रुपमा समाधान गर्न सकेको छैन ।

एनआरएन अस्ट्रेलियाका नव निर्वाचित अध्यक्ष अनिल पोखरेलले सम्मान कार्यक्रममा आफ्नो कार्यकालको प्रारम्भमै बिभिन्न राज्यमा देखिएको र महत्वपुर्ण बिषयका रुपमा उठेको पासपोर्ट नबिकरणको समाधानको लागि पहल भएको बताए । अध्यक्ष पोखरेलले अस्ट्रेलियाका लागि नेपाली राजदुत कैलाशराज पोखरेलसँंग राजदुतावासको पासपोर्ट समस्यालाई सहजिकरण गर्न एनआरएन अस्ट्रेलिया पुर्ण रुपमा तयार रहेको र त्यसका लागि आवश्यक सहयोग समेत गर्न पछि नपर्ने बताए । अध्यक्ष पोखरेलले टडकारो समस्याका रुपमा देखिएको राहदानी समस्या समाधानका लागि अस्ट्रेलियाका राजधानी बाहेक सबै राज्यमा घुम्ती शिविर सन्चालन गर्न अनुरोध समेत गरेका छन । उनले त्यस बाहेक कृषी र यहाको शिप र ज्ञानलाई नेपालको हितमा प्रयोग गर्ने बिषयमा आफुहरु लागिपर्ने समेत बताए । एनआरएन अस्ट्रेलियाका महासचिब सन्तोष कुवरले सिमित श्रोत र साधनका वाबजुदपनि राजदुतावासको प्रयास महत्वपुर्ण रहेतापनि ठुलो संख्यालाई सोचे
अनुरुपमा सेवा प्राप्त गर्न नसकेको अवस्था भएकोले नेपाल सरकारलाई समेत घचघचाउनु पर्ने बेला आएको बताए ।
एनएसडब्लु राज्य संयोजक बिनोद कुवरले राजदुतावासमा देखिएको श्रोत र साधनको अभावलाई एनआरएन एनएसडब्लुले भएपनि एक जना स्वयंसेवी कर्मचारी दिएर सहजीकरण गर्ने सोच बनाएको सुनाए ।
तास्मानिया राज्य संयोजक जगदिश खड्काले राजदुतलाई पासपोर्ट सहजिकरणका लागि ज्ञापनपत्र समेत बुझाएका थिए भने पश्मि अस्ट्रेलियाका संयोजक शेखर घिमिरेले सबैभन्दा टाढा रहेकोले पासपोर्ट बनाउन आउदा हजारौ डलर खर्च हुने र एक हप्ताको समय खर्चिनुपर्ने पीडा सुनाएका थिए । सम्मान कार्यक्रममा आइसीसी सदस्य डिल्ली ढकाल ,रमेश अधिकारी ,मदनराज पौडेल, एसीटी संयोजक बिक्रम सुबेदी ,सहकोषाध्यक्ष रोजी पन्त लगायतले आआफ्नो धारणा प्रस्तुत गरेका थिए ।
कार्यक्रममा कोषाध्यक्ष अर्जुन गौतमले राजदुतावासले एनआरएनको सम्मानमा कार्यक्रमको आयोजना गर्ने नया परम्पराको सुरुवातगर्दै संस्थागत सुनुवाइको अवसर सृजना गरिदिएकोमा धन्यबाद प्रदान गरेका थिए ।
अस्ट्रेलियाका लागि नेपाली राजदुत कैलाशराज पोखरेलले आफुहरु सेवा र सुविधा दिने कुरामा कहिले पछि नहटेको र कतिपय सवालमा सिमित र श्रोत र साधनका कारण अप्ठयारो परिस्थीतीको सामना गर्नुपरेको बताए । काम गर्ने थोरै मान्छे छौ ,यता काम गरयौ भने उता काम छुटछ , रात रात भर नभिनकन साथीहरुले काम गर्नुभएको छ तरपनि समस्या उस्तै छ, राजदुत पोखरेलले गुनासो गरे । त्यसमाथि पनि घुम्ती सेवा र आपतकालीन सेवा मार्फत अप्ठयारो परिस्थीतीमा परेका नेपालीहरुलाई सहजीकरण भैरहेको छ त्यो टाउको दुख्दा पेन किलर खाएको जस्तो भएको छ । दिर्घकालिन समस्याका लागि श्रोत र साधनको टड्कारो आवश्यकता देखिएको छ, राजदुत पोखरेलले परिस्थीतीको बर्णन गरे । यसका वाबजुदपनि आफुहरुले गर्नुपर्ने सबैखाले प्रयास जारी राखेको र एनआरएनको सहकार्यले थप सहयोग पुग्ने समेत बिश्वास ब्यक्त गरे ।
कार्यक्रममा एनआरएनका सबै पदाधिकारी तथा आइसीसी सदस्यहरुलाई राजदुत कैलाशराज पोखरेलले खादा लगाएर सम्मान गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्