नेभिगेशन
अस्ट्रेलिया समाचार

जोशीको उमेदबारी एनआरएन केन्द्रिय उपाध्यक्षमा

लामो समयदेखि अष्ट्रेलिया बस्दै आएका एनआरएन अभियन्ता दिनेशराज जोशीले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन ।
एनआरएनए अष्ट्रेलियाको विभिन्न अभियानमा निरन्तर सक्रिय रहदै आएका जोशी वर्तमान एनआरएनए ओसीयाना रिजनका क्षेत्रीय संयोजक, पुर्ब अन्तर्राष्ट्रिय समन्वय परिषदको सदस्य र एनआरएनए अष्ट्रेलियाको सल्लाहकार समेत हुन । तनहुँ समाज अष्ट्रेलियाका बरिस्ठ सल्लाहकार रहेका जोशी नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाका सस्थापक पनि हुन।
एनआरएन भित्र राजनिती गर्न हुदैन भन्ने मान्यता राख्ने जोशीले एनआरएन अष्ट्रेलियाको निर्बाचनमा समेत डेमोक्रयाटिक समूहलाई जिताउन महत्वपूर्ण भुमिका खेलेका थिए । सोही कारणपनि जोशीले यस पटक साथिभाइको सल्लाहमा केन्द्रिय तहमा उम्मेदवारी दिने तयारी गरेको बताइएको छ।
पदमा नरहदा पनि समाजिक कार्यमा लागि पर्ने जोशी अस्ट्रेलियाको नेपाली समाजमा चिरपरिचित नाम हो । अन्तर्राष्ट्रिय समन्वय परिषद विभिन्न देशहरुको एनआरएनए प्रतिनिधि मण्डलहरुले प्रतिनिधित्व गर्ने केन्द्रिय समिती हो । जोशी नेपाली काग्रेसका पुर्व सहमहामन्त्री गोविन्दराज जोशीका कान्छा छोरा हुन । यसै गरी अस्ट्रेलियावाट सचिबमा डा ज्ञानेन्द्र रेग्मी र उप महासचिबमा कृष्ण गीरीको चर्चा चुलिएको छ । रीजनल कोअर्डिनेटरमा भने पुर्व आइसीसी सदस्य बालचन्द्र भट्टराइ , दिनेश पोखरेल र अरुण ठाकुरको चर्चा रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अस्ट्रेलिया समाचार
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।