नेभिगेशन
LEADING_MAIN

एक्सपर्टको दुइ दशकको यात्रा

कृष्ण तिवारी

१६ देशमा सेवा बिस्तार , पचास भन्दा बढी शाखा

शैक्षिक परामर्श क्षेत्रमा देश बिदेशमा पहिचान बनाएको एक्सपर्ट एजुकेशन एन्ड भिषा सर्भिसेजले आफ्नो दुइ दशकको यात्रा पुरा गरेको उपलक्ष्यमा सीडनीमा एक कार्यक्रमको आयोजना गर्दै यात्रामा सघाउने हात र साथ दिने सबैलाई धन्यवाद ज्ञापन गरेको छ । यसै अवसरमा एक्सपर्टले सीडनीस्थीत नेपालीहरुको बाक्लो बस्ती रहेको रकडेलमा समेत सेवा बिस्तार गरेको छ । १६ वटा मुलुकमा आफ्नो सेवा बिस्तार गर्न सफल एक्सर्पट एजुकेशनका पचास भन्दा बढी शाखाले शैक्षिक परामर्श तथा अध्यागमन सेवा उपलब्ध गराउदै आएको छ । रकडेल शाखाको उदघाटन र आफ्नो बिसौ बर्षगाठ मनाउदै एक्सपर्टका संस्थापक संजिव शर्मा र बद्री अर्यालले संयुक्त रुपमा केक काटदै आफ्ना सहयोगी तथा सेवाग्रहीहरुलाई धन्यबाद दिएका थिए ।
यो दुइ दशकको यात्रामा प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्नुहुने सबैप्रती मनैदेखि कृतज्ञता ज्ञापन गर्न चाहन्छु, संस्थापक संजिव शर्माले बताए । दुइ दशकको यात्रामा एक्स्पर्टले सेवाग्रहीको बिश्वास जित्न सकेको कारणनै आज यो अवस्थामा पुगेको बताउदै शर्माले भने यसले अझ नया आयाम थप्ने काम गरेको छ ,जस अनुरुप हामीले रकडेलमा नया शाखा बिस्तार गर्ने अवसर मिलेको छ । कायक्रममा सबै १६ देशका शाखा प्रमुखहरुले अनलाइन मार्फत उपस्थीती जनाएर यस यात्रा र अनुभवले थप उत्साह मिलेको बताएका थिए । कार्यक्रममा अर्का संस्थापक बद्री अर्यालले शैक्षिक परामर्श सेवा आफैमा एउटा सम्मानित र मर्यादित पेशा भएकोले जिम्मेबार भएर काम गरेमा यसले बिध्यार्थी ,अभिभावक र समाजको पनि मन जित्नसक्ने उदाहरण एक्सपर्टले पेश गरेको सुनाए । दुइ दशकको लामो यात्रामा हामीले सिकेको कुरा भनेको इमानदारीतानै हो ,यसले एक्सपर्टलाई बिश्वसनिय बनायो र देश बिदेशमा फैलाउन मद्दत पुर्यायो । एक्सर्पटका कार्यकारी प्रमुख मन्जित घिमिरेले एक्सपर्टको दुइ दशकको यात्रामा जोडिएका सम्पुर्ण हातहरु धन्यबादका पात्र भएको बताउदै आगामी दिनमा सेवाग्रहीहरुको थप साथ पाउने बिश्वास लिएको बताए । कार्यक्रममा समुदायका अगुवा तथा एनआरएनका पदाधिकारी, स्थानिय कलाकारहरुको समेत उपस्थीती रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्