नेभिगेशन
LEADING_MAIN

क्रिकेटर अभिनास बोहरा सीडनीमा सम्मानित

अष्ट्रेलिया भ्रमणमा रहेका नेपाली राष्ट्रीय क्रिकेटर अभिनास बोहरालाई एनआरएन अस्ट्रेलिया एनएसडब्लुका सचिब बिनोद कुवरले सीडनीमा नगद सहित सम्मान गरेका छन ।
सीडनीमा पढाइ सकेर सम्वन्धित बिषयमा कामको खोजीमा रहेका बिध्यार्थीहरुलाई प्राविधिक शिक्षा सहित जागिर लगाउने उनको शिक्षालय एक्स्ट्राटेकमार्फत बिनोदले अभिनाषलाई सीडनीमा सम्मान गरेका हुन । कार्यक्रममा सम्मानित राष्ट्रीय क्रिकेटर बोहराले अस्ट्रेलियामा रहेको एनआरएन लगायतका नेपाली समाजले संभावना बोकेका युवा क्रिकेटरलाई दुइ तिन महिने अस्ट्रेलिया प्रशिक्षणमा बोलाइदिए मुलुकको क्रिकेटको बिकासमा टेवा पुग्ने बताए । सम्मान कार्यक्रममा बोल्दै युवा व्यबशायी बिनोद कुवरले खेलाडी राष्ट्रका गहना भएकोले उनिहरुलाई स्वदेशमा खेलेरै सम्मानित जिवन यापन गर्ने अवस्थामा पुरयाउनु राज्यको दायित्व भएको बताए । आधुनिक बिश्वमा खेलुकद मुलुक चिनाउने माध्यम भएकोले खेलाडीहरु सदभावना राजदुत समेत भएको जिकिर गर्दै उनिहरुलाई सम्मान गर्नु सबैको कर्तब्य भएको सुनाए ।
एनआरएनको आशन्न निर्वाचनमा उपाध्यक्ष तथा एनएसडब्लु राज्य संयोजकका उमेदबार समेत बनेका बिनोदले नेपालको भैरहवामा आफ्नै लगानीमा निजी रंगशाला समेत निमार्ण गर्दैछन । उनको यो परियोजनाको प्रारम्भीक कार्यको थालनी समेत भैसकेको छ । क्रिकेटको बिकासको लागि भौतिक पुर्वाधार अहिलेको आवश्यकता भएको उनको ठहर छ ।
कार्यक्रममा प्राध्यापक डा राजु मानन्धर,जनसम्पर्क समितीका एनएसडब्लु राज्य संयोजक सितल खाँड, ग्रानभिल क्लबका अध्यक्ष भिम बस्नेत, युवा व्यबशायीहरु राज पाख्रीन,सन्तोष श्रेष्ठ, कल्याण खड्का, रोशन भट्टराइ लगायतले अविनाशलाई खादा ओढाएर सम्मान गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्