नेभिगेशन
LEADING_MAIN

एनआरएन फुटबलको उपाधि ग्रानभिललाई

एनआरएनए कप सीक्स ए साइड कप फुटबल प्रतियोगिताको उपाधि ग्रानभिल राइनोज क्लबले हात पारेको छ । सेन्ट जोर्जलाई टाइब्रेकरमा ३-२ले पराजित गर्दै ग्रानभिलले उपाधि हात पारेको हो । निर्धारित पन्ध्र मिनेटको खेलमा एक एक गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो । उपाधिको भिडन्तमा राजदिप थापामगर , सुपर गुरुङ र विवेक गुरुङले गोल गरेका थिए । प्रतियोगितामा ग्रानभिलका राजदिप थापा मगर उत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगिताको उत्कउष्ट खेलाडीमा डाफेका बिलक्षण थापा उत्कृष्ट मिडफील्डर, हाइएस्ट गोल स्कोररमा रुपम लामा र वेष्ट डिफेन्डरमा सुपर गुरुङ छानिए । प्रतियोगितामा विजेता ग्रानभिलले २५ सय डलर र ट्रफी हात पारेको छ । ग्रानभिलले निकै उत्कृष्ट टोली विरुद्ध निकै राम्रो खेल प्रर्दशन गरेर उपाधि भित्राएको क्लबका अध्यक्ष भिम बस्नेतले बताए । प्रतियोगितामा नेपाली राष्ट्रीय टोलीका लगभग एक दर्जन खेलाडीहरुको सहभागिता रहेको थियो । पन्ध्र मिनेटको सिक्स ए साइड फुटबलमा उनिहरुको खेल कौशल मैदानमा झल्कीन पाएन । फगत राष्ट्रीय टोलीका हस्तीहरु उपस्थीत टोलीले करारी हार बेहोरेको थियो । प्रतियोगितामा अखिल नेपाल फुटबल संघका उप महासचिब बसन्त अर्याल र तथा पुर्वका फुटबलका हस्ती दिलीप राइको समेत उपस्थीती रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्