नेभिगेशन
LEADING_MAIN

न्युक्यासलमा एनआरएनको चुनाब लाग्यो अनिल र बिनोदको पक्षमा चुनाबी लहर

अस्ट्रेलियामा गैर आवासिय नेपाली संघको चुनाबको चहल पहल बढदैगर्दा उमेदबारको चर्चा परिचर्चाले तिब्रता पाएको छ । बिभिन्न गुट उपगुटमा छरिएर रहेका उमेदबारहरुको झुन्ड बिभिन्न शहर र राज्यको भ्रमणमा निस्कीएका छन । यसै क्रममा अस्ट्रेलियाको ब्यापारीक तथा पर्यटकिय शहर सीडनी र यसका वरपरपनि नेपालीहरुको बाक्लो उपस्थीतीसँंगै चुनाबी चहल पहलले तिब्रता पाएको छ । सीडनीको पर्यटकिय नगरी न्युक्यासलमा पनि न्युक्यासलबासी नेपालीले एनआरएन अस्ट्रेलियाका अध्यक्षका प्रत्यासी अनिल पोखरेल , आइसीसी प्रत्यासी डील्ली ढकाल , एनएसडब्लु संयोजक तथा उपाध्यक्ष बिनोद कुवर, महासचिबका प्रत्यासी सन्तोष कुवर, कोषाध्यक्षका उमेदबार अर्जुन गौतम र स्थानिय उमेदबार सह कोषाध्यक्ष रोजी पन्त र अमर रसाइलीलगायतको टोलीलाई भब्य स्वागत गरेको छ । यो समुह जनसम्पर्क र एमाले निकट नभइ अलग्गै डेमोक्रयाटीक समुहको रुपमा चुनाबी मैदानमा ओर्लिएको हो ।


कार्यक्रममा अध्यक्षका प्रबल दाबेदार अनिल पोखरेलले आफुले दुइ कार्यकाल कोषाध्यक्षको भुमिकामा एनआरएन अस्ट्रेलियालाई पारदर्शी भुमिकामा उभ्याएको र अस्ट्रेलियन भुमिमा नेपाली पहिचान कायम गर्न महत्वपुर्ण भुमिका निर्वाह गरेकोले आफ्नो युवा टिमलाई विजयी दिलाउन आग्रह गरेका थिए । यस्तै महासचिबका दोबदार सन्तोष कुवरले एनआरएन परोपकारी अभियानमा आफ्नो एक दशक लामो अनुभव र अनुभुतीलाई संस्थाको बिकास र बिस्तारमा लागि पर्न आफनो उमेदबारी रहेको स्पष्ट पारे । कार्यक्रममा एनएसडब्लुका संयोजक बिनोद कुवरले युवा नेतृत्व अहिलेको आवश्यकता भएको औलाउदै मुलुकको बिकासमा जोडिने जमातलाई एनआरएनको नेतृत्वमा लान मतदाताहरुलाई आग्रह गरे ।
कार्यक्रममा आइसीसी सदस्यका उमेदबार तथा वरष्ठ सन्चारकर्मी डिल्ली ढकालले एनआरएन अभियानको मुल लक्ष्यलाई स्थापीत गर्न तथा यसको शाखलाई अभिबृद्धीगर्न आफ्नो उमेदबारी रहेको जानकारी गराए । कार्यक्रममा आयोजक न्यु क्यासलका दुइ उमेदबार सह कोषाध्यक्ष रोजी पन्त र एनएसडब्लु उप संयोजक अमर रसाइलीले युवा टीमलाई जिताउन न्युक्यासलबासी नेपालीको महत्वपुर्ण भुमिका रहने बिचार ब्यक्त गरे ।
कार्यक्रममा नयाका महासचिब सत्यप्रकाश कडेंल, एनसीसी सदस्य सन्तोष श्रेष्ठ , एससीसी सदस्य बाबुराज कडरीयालगायतले अनिलको टिमलाई विजयी बनाउन अनुरोध गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्