नेभिगेशन
LEADING_MAIN

एनआरएन अस्ट्रेलियाको निर्वाचनमा बिनोद बने अनिलको सारथी

एनआरएन अस्ट्रेलियाको मुटु मानिने एनएसडब्लु राज्य अर्थात सीडनीको संयोजक पदका लागि युवा अभियन्ता इन्जिनियर बिनोद कुवरले आफ्नो टिमको घोषणा गरेका छन । कुवरले केन्द्रिय तहमा अध्यक्षका प्रवल दाबेदार अनिल पोखरेलको सारथीका रुपमा आफुलाई उभ्याउदै व्यवशायीक युवाहरुको टिम आजको एनआरएनको आवश्यकता भएको औलाउदै उमेदबारी घोषणा गरेका हुन । एनआरएनको केन्द्रबिन्दु रहेको सीडनी अर्थात एनएसडब्लु राज्यको संयोजकमा बिनोदले उमेदबारी दिदैगर्दा उप संयोजकमा पर्यटकीय नगरी न्युक्यासलवाट अमर रसाइलीलाई अगाडि बढाएका छन । यस्तै एनइएसडब्लुको सचिब पदमा भने युवा अभियन्ता कल्याण खड्का , सह सचिबमा सुवास मैनाली, कोषाध्यक्षमा राज पाख्रीन तथा महिला संयोजकमा सुजना श्रेष्ठलाई अगाडि बढाएका छन । यस्तै राज्य समितीले घर जग्गा व्यबशायी तेज कवें, बद्री बरुवाल , सन्तोष श्रेष्ठ,बिमल कडेंल, रोशन भट्टराइ, प्रकाश पाण्डेलाई एनसीसी सदस्यका लागि उमेदबार बनाउने भएको छ । यस्तै बिरेन्द्र क्षेत्री,प्रमोद न्यौपाने,बिशाल बन, केपी सेढाइ,ब्रसीस सुवाल,बाबुराज कडारीया, पुजा प्रधान लगायतलाइ एससीसी उमेदबारका रुपमा अगाडि सार्ने निधो गरेको छ ।
कार्यक्रममा अनिल पोखरेलको सारथीका रुपमा बिनोदको टिमवाट एनआरएन अस्ट्रेलियाका आगामी निर्वाचनका लागि महासचिबमा सन्तोष कुवर , कोषाध्यक्षमा अर्जुन गौतम , सह कोषाध्यक्षमा रोजी पन्त तथा युवा संयोजकमा सुमन बोहोराको नाम सार्वजनिक गरिएको थियो ।
आइसीसी अध्यक्षमा भने पुराना सन्चारकर्मी डिल्ली ढकाल, युवा समाजसेवी रमेश अधिकारीले आइसीसी सदस्यको पदमा आफ्नो दाबेदारी प्रस्तुत गरेका थिए । कार्यक्रममा एनआरएनमा युवाको सहभागिता आजको आवश्यकता भन्ने नारा सहित अधिंकाश उमेदबारहरुले परिवर्तन र परिमार्जन आवश्यकता भएको औलाएका थिए । एनआरएन एनएसडब्लुका सचिब बिनोद कुवंरले आफुले राज्य संयोजकको उमेदबारी दिदै गर्दा आफ्ना फरक उद्देस्यहरु रहेको प्रष्ट पारे । उनले भने ,जसले समाजसेवा मार्फत देशको गर्छ सम्मान उसैले समाउनु पर्छ एनआरएको कमान । अर्थात समाजसेवाका नाममा राजनिती र आशन ग्रहण गर्ने दिन अब गए , जसले परोपकारी कार्य गर्छ अनि मुलुकको सम्मान गर्छं त्यसले यसको कमान संहाल्नु पर्छ ।
उमेदबार घोषणा कार्यक्रममा एनआरएनका अध्यक्षका प्रत्यासी अनिल पोखरलले व्यबशायीक युवा उमेदबारहरुको जोश र जागरलाई परोपकारी कार्य मार्फत प्रवास र मुलुकसँंग जोडने अभियानमा आफु लागि परेका बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्