नेभिगेशन
अन्य

सिड्नीमा एकदिने ध्यान, योग र प्रेरणा शिविर सम्पन्न

कृष्ण तिवारी

सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको टास्क फोर्स, विद्यार्थी सहयोग कमिटीको आयोजनामा यहि जुन २४ तारिख शनिबार सिड्नीमा एकदिने ध्यान, योग र प्रेरणा शिविर सम्पन्न गरेकोे छ । सफल जीवन यापन गर्नका लागि शारिरीक तथा मानसिक रूपमा सुस्वास्थ, एवं सन्तुलन, बौद्धिक रूपमा प्रतिभावान् , आत्मिक रूपमा सबल र सामाजिक रूपमा सहयोगी हुनुपर्ने शिविरको मुख्य संदेश बोकेर सिड्नीका विभिन्न सअर्वहरुमा रहेका नेपाली विद्यार्थी र अभिभावकहरुलाई लक्षित गर्दै शिविर आयोजना गरिएको थियो ।


प्रवासी जीवनको व्यस्त जीवनशैली कारण मानिसहरू विभिन्न रोगबाट ग्रसित हुने गरेको बताउदै योग साधनालाई हरेक दिन प्रयोग गर्नुपर्ने योग प्रशिक्षक आचार्य राजन शर्माले बताए । उनले शरीरमा ब्यायम हुने भएकाले पनि योगलाई दैनिक एकघण्टा समय दिनुपर्नेमा जोड दिए ।
स्वस्थ्य खानपान र अनुशासित जीवनशैलीसंगै योगलाई दैनिक जीवनको एउटा महत्वपूर्ण हिस्सा बनाउन सक्ने व्यक्ति नै सफल हुने उनको भनाई थियो । त्यस्तै, प्रेरणादायी ध्यानका विषयमा प्रशिक्षण दिदै ध्यानका बहुआयामिक फाइदाका विषयमा ध्यान प्रशिक्षक प्रकाश भट्टराईले चर्चा गरेका थिए । सिड्नीमा नेपाली समुदाय माझ पछिल्लो समय योग र ध्यान गर्ने संस्कार हुर्कदै गएकाले अध्ययन र कामसगै बढ्ने मानसिक तनाब कम गर्ने उद्देश्यले शिविर आयोजना गरिएको कार्यक्रमका संयोजक बद्री बरुवाल क्षेत्रीले जानकारी दिए ।
हामीले नियमित योगसाधानको सम्भावना देखेका छौ,‘घरमै पनि योग गर्न सकिने भएकाले शिविरमा सहभागीलाई थप सहज भएको कार्यक्रमका उप– संयोजक चिरन्जिबी तिवारीले बताए । आजको व्यस्त जीवनमा योग अनिवार्य आवश्यकता रहेको बताउदैं तिवारीले योगले जीवनमा खुसी ल्याउने बताए । कार्यक्रममा नेपाली अभिभावकहरुसंगै विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो ।
प्यासिफिक कलेज अफ टेक्नोलोजीले मुख्य प्रायोजन गरेको उक्त शिविरमा एनआरएनए न्यू साउथ वेल्स राज्यका संयोजक देव गुरुङ लगाएत विभिन्न समुदायका अगुवाहरु सहित १ सय भन्दा बढी व्यक्तित्वहरुको सहभागिता थियो ।
कार्यक्रममा उल्लेखनीय उपस्थिति देखेर आफुहरु हर्षित भएका बताउदैं छिट्टै भविष्यमा यस्तै बृहत ध्यान, योग र प्रेरणा सिबिर संचालन गर्ने सचिब अमृत शर्माले बताए । कार्यक्रमका सहयोगी तथा प्रायोजक तथा संघ सस्थाहरुलाई शर्माले धन्यवाद दिदै प्रशंसा पत्र समेत प्रदान गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्