नेभिगेशन
LEADING_MAIN

व्यवसायीक युवाहरु एनआरएन अभियानमा उत्रने

सामाजिक सेवामा समर्पीत भनिएको गैह् आवासिय नेपाली संघको नेतृत्वमा सधै राजनितीक किचलोका कारण व्यबशायीक दक्ष युवाहरुको आकर्षण घटेको आरोप लागिरहँंदा एनआरएन अस्ट्रेलियाको नेतृत्वको भिड्मा भने यस पटक युवाहरुको आकर्षण बढेको पाइएको छ ।
राजनितीक बितन्डाले थलथिलिएको एनआरएन राजनिती भित्र बिशुद्ध सामाजिक भावमा युवाहरुको आकर्षण बढनु आफैमा महत्वपुर्ण बिषय बनेको छ ।
एनआरएन अस्ट्रेलियाको निर्वाचनको तापक्रम बढदैजाँंदा यस पटक नेतृत्वको भिडमा युवा अभियन्ता अनिल पोखरेलले अध्यक्षमा उमेदबारी दिने भएका छन । राजनितीक परिवेशको प्रतिस्पर्धावाट टाढा रहेर अनिलले यस पटक जुलाइको अन्त्यमा हुने निर्वाचनमा अध्यक्षमा उमेदबारी दिने निर्णय गरेका छन ।
पेशाले चार्टड एकाउन्ट र कमाइका हिसाबले आकर्षक तलब भएता पनि समाजिक सदभाव र संगठनात्मक प्रभावलाई नजिकवाट नियालेका अनिलले आफुलाई एनआरएन अभियानमा सहभागि गराउने निर्णय गरेका हुन । पछिल्लो दुइ कार्यकाल कोषाध्यक्षको जिम्मेबारी संहालेका अनिलले संस्थाको पारदर्शीता र यसको आर्थिक समायोजनलाई प्रभावकारी ढंगले निभाएका थिए । उनको कार्यकालदेखि मात्र
त्रैमाशिक लेखा बिवरण सार्वजनिक हुन थालेको थियो । यो एनआरएन अस्ट्रेलियाको पारदर्शिताको प्रभावकारी कोशे ढुंगा साबित भएको थियो । त्यस बाहेक कोषाध्यक्षका रुपमा अनिल अस्ट्रेलियन बहु सांस्कृतीक बिभाग र संघ संस्थासँंग आर्थिक सहयोग जोहो गर्न पनि सक्षम भएका थिए ।
यसरी दुइ दुइ पटक कोषाध्यक्षको जिम्मेबारी संहालेका अनिललृ यस पटक भने पुर्ण रुपमा अध्यक्षको तयारी गरेका छन ।
मुख्य कुरा मेरो दक्षता र अनुभवलाई समाजिक अभियानमा जोडर संस्थागत परिचयलाई बलियो बनाउनु अहिलेको अभियान हो । हामी युवाहरु जो यस अभियानमा लागेका छौ , यसवाट के पाइन्छ होइन, हामीले धेरै कुरा दिनु पर्छ भन्ने मानसिकताका साथ मैदानमा उत्रेका छौ,त्यसैले पनि यस पटकको मेरो अभियानलाई अस्ट्रेलियन नेपाली समाजले स्वीकार गरिनिुहुने बिश्वास लिएको छु ,अनिलले भने ।
आकर्षक कमाइ र घर परिवार छाडेर किन समाजसेवामा भन्ने प्रश्नमा अनिलको फरक जवाफ छ ,हामीले पढाइ सकेर दक्षताका हिसाबले आकर्षक जागिर पाइसकेका छौ , आफुले सिकेको शिप र ज्ञानलाई संस्थागत रुपमा मुलुकसम्म पुर्याउन सकिन्छ भन्ने पहिलो सोच हो । अर्को कुरा एनआरएनले अझसम्म अस्ट्रेलियामै बसेका र जन्मेका दोस्रो पुस्ताका लागि केहि गर्न सकेको छैन, उनिहरुको लागि भाषा कक्षादेखि नेपालसँंग जोडने अभियानको थालनी गर्नुपर्ने दोस्रो जिम्मेबारी देखेको छु ,अनिलले भने ।
बिध्यार्थीका रुपमा २० बर्षे चितवने ठिटोका रुपमा अस्ट्रेलिया आएका अनिलले करिब डेढ दशक अस्ट्रेलियाको नेपाली समाजलाई नजिकवाट नियाल्न सफल भइसकेका छन । सीडनीका युवाहरुको संगठन नेप्लीज युथ एशोसिएसशन अस्ट्रेलियामा आवद्ध रहेर त कहिले चितवन समाज अनि एनआरएनसँंगको सामिप्यताले उनलाई अध्यक्षमा उठन बलियो ढाड्स प्रदान गरेको हो ।


यस्तै अर्का आइटी इन्जिनियर बिनोद कुवरले पनि एनआरएन एनएसडब्लुको संयोजकमा उमेदबारी दिने भएका छन । आइटीका प्राध्यापक बिनोद नेपाली विध्यार्थीहरु बिच लाकप्रीय नाम पनि हो । उनले पढाइ सकेर आआफ्नो दक्षता अनुरुप काम नपाएका हजारौ नेपाली युवाहरुलाई व्यबशायीक काममा जोड्ने अभियान चलाएका छन । बिशेषत आइटी पढेका तर काम नपाएका हजारौ बिध्यार्थीलाई उनले दक्षता र शिप शिकाएर काम दिलाउन सफल भएका कारण पनि उनि अस्ट्रेलियन युवा जमातमा चिपरिचित छन । गुल्मी स्थायी घर भएका बिनोद यतिखेर रुपन्देही जिल्लामा निजी क्रिकेट मैदान तथा स्पोर्टस सेन्टर निमार्णको अभियानमा समेत जुटेका छन । खेलकुदको माध्यमवाट मुलुकको पहिचान उजिल्याउन सक्ने कुरालाई राम्ररी बुझेका बिनोद एनआरएन व्यबशायीकहरुको प्रवेश अहिलेको आवश्यकता रहेको औल्याउछन । दक्ष र शिपयुक्त नेतृत्व अहिले एनआरएनको आवश्यकता हो , त्यसैले पनि हामी युवाहरु प्रवासी नेपाली र मुलुकका लागि केहि गरौ भन्ने सोचका साथ एनआरएन अस्ट्रेलियाका नेतृत्वको अभियानमा जोडिएका हौ , बिनोदले भने । राजनिती आफैमा गलत बिषय होइन तर समाजिक सेवा अनि परोपकारी अभियानमा यसलाई जोडन हुन्न भन्ने हाम्रो धारणा हो , उनले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्