नेभिगेशन
LEADING_MAIN

न्युजिल्यान्डको संसदमा मनाइयो भब्य सगरमाथा दिवस

न्युजिल्यान्डको राजधानी वेलिङ्टनको संसद भवनमा भब्य रुपमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको ७० औ बर्षगाठ मनाइएको छ ।
सन् १९५३ मे २९ तारिख आजकै दिन तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले पहिलो पटक सगरमाथामा आफ्नो पाइला राखेका थिए ।
सोही आरोहणलाई स्मरण गर्दै न्युजिल्यान्डकी सगरमाथा आरोहणको ७० औं वर्षगाँठको ‘प्लाटिनम जुब्ली’ न्युजिल्यान्डको संसद भवनमा मनाइएको हो । किर्तिमानधारी आरोही हिलारीको सन् २००८ जनवरी ११ मा र नोर्गेको सन् १९८६ मे ९ मा निधन भएको थियो । न्युजिल्यान्डकी लेबर पार्टीकी सांसद भानुसी वाल्टर्सको पहल र नेप्लीज सोसाइटी अफ वेलिङ्टनको आयोजनामा संचालित कार्यक्रममा न्युजिल्यान्डकी प्रहरी मन्त्री जिन्नी एन्डरसनले सगरमाथासँंग जोडिएको दुइ देशका आपसी सम्वन्ध एक आपस बिच सहयोग र सदभावमा पनि अगाडि बढेको बताइन । मन्त्री एन्डरसनले आफ्नो सानो बच्चाले संसारको अग्लो हिमाल न्युजिल्यान्डको कुन ठाउँमा पर्छ भनेर सोध्दै गर्दा आफुले नेपाल र सगरमाथाको बिषयमा बताएको रमाइलो कथा सुनाइन । मन्त्री एन्डरसनले सगरमाथाको सत्तरी बर्षगाठ मनाउन पाउदैगर्दा आफु उत्साहित भएको र यसले दुइ देश बिचको आपसी सम्वन्ध थप प्रगाढ पार्न मद्दत पुग्ने बताइन ।


कार्यक्रममा शेर्पा पहिरनमा संसद भवन पुगेकी सांसद भानुसी वाल्टर्सले आजको दिन नेपाल र न्युजिल्यान्ड दुबैको लागि महत्वपुर्ण दिनका रुपमा रहेको चर्चा गरिन । वाल्टर्सले भनिन, हामीले सगरमाथा आरोहणको सत्तरी बर्षगाठ मनाउदैगर्दा सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाको योगदानलाई भुल्नु हुदैन । नेपालको भ्रमणमा समेत आफु पुगेको स्मरणगर्दै भानुसीले भनिन, नेपालीहरुको सत्कार र सम्मान प्रशंसायोग्य रहेको छ ।
कार्यक्रममा वेलिङटन नेपाली समाजका अध्यक्ष रमेश सापकोटा र भानुसी वाल्र्टसले दुई एतहिासिक पर्वतारोही हिलारी र शेर्पाको तस्बीरमा फुलमाला चढाएर कार्यक्रमको सुरुआत गरेका थिए ।
कार्यक्रममा बोल्दै न्इुजिल्यान्डका लागि नेपालका महाबाणिज्यदुत दिनेश खड्काले नेपाल र न्युजिल्यान्डबिचको आपसी सम्वन्ध र सहयोगको बिषयमा प्रकाश पारेका थिए । महाबाणिज्यदुत खड्काले सगरमाथा दिवसलाई न्युजिल्यान्ड सरकारले राष्ट्रीय क्यालेन्डरमा सुचिकृत गर्न समेत सम्वन्धित निकायलाई आग्रह गरेका थिए । यो दुइ देशको लागि महत्वपुर्ण दिन भएकोले न्युजिल्यान्डले आफ्नो सरकारी क्यालेन्डरमा एभरेष्ट डेलाई सुचिकृत गर्न हामीले लिखितम पनि अनुरोध गरेका छौ ।
यस्तै नेपाली राजदुतावासका द्धितिय सचिव भोगेन्द्र लिङ्गदेनले सगरमाथा आरोहणको सत्तरीऔ बर्षगाठ न्युजिल्यान्डका संसदमा मनाउन पाउनु खुसीको कुरा भएको बताए । लिङ्गदेनले दुइ देश बिचको सम्वन्ध सगरमाथाझै अटल रहीरहने बिश्वास गर्दै आगामी दिनमा मुलुकको सम्वन्ध थप प्रगाढ हुदै जाने कुरा बताए ।
कार्यक्रममा न्युजिल्यान्डका लागि नेपाली महाबाणिज्यदुत आत्माराम खनाल र शेर्पा समुदायको तर्फवाट याङजीन शेर्पाले सत्तरीऔ बर्षगाठको बिशेष केक काटेर कार्यक्रमको समापन गरेका थिए । सगरमाथा दश पटक आरोहण गरेर किर्तिमान बनाएका न्युजिल्यान्डका चर्चित पर्वतारोही मार्क उडवार्डले सगरमाथाको आरोहणको जोखिम र यसको महत्वबारे प्रकाश पारेका थिए । स्थानिय समाजका अगुवा आर्दश तिवारीले सन्चालन गरेको कार्यक्रममा स्थानिय अपर हट शेर्पा परिवार , माउन्ट कुक शेर्पा परिवार र कारोरी शेर्पा परिवारकोतर्फवाट सहभागी पाहुनाहरुलाई स्वागत गर्नुका साथै आकर्षक शेर्पा नाच समेत प्रस्तुत गरिएको थियो ।
नेपालमा सर्वोच्च शिखर सगरमाथासहित आठ हजार मिटर अग्ला आठवटा हिमाल छन। हालसम्म करिब सात हजार स्वदेशी तथा विदेशीपर्वतारोहीले सर्वोच्च शिखरको आरोहण पूरा गरिसकेका छन्। आरोहणका क्रममा तीन सय बढीको निधन भइसकेको छ।
कामीरिता शेर्पाले २८ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान बनाए। उनले वसन्त ऋतुको जारी आरोहणमा सगरमाथाको दुईपटकक्रमश: जेठ ३ गते र जेठ ९ गते सगरमाथाको चुचुरोमा पुगेर आफ्नै कीर्तिमान तोडेका हुन्।यस्तै पासाङ दावा शेर्पाले यही याममा सगरमाथाको २७ पटक आरोहण गरी कीर्तिमान कायम गरेका छन्। उनले यही याममा दुईपटकआरोहण गरी नयाँ रेकर्ड दर्ता गराएका हुन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्