नेभिगेशन
अन्य

प्रवासी नेपालीको देशप्रतीको चिन्ता र चासो जायज : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले बिदेशमा बस्ने नेपालीको देशप्रतीको चिन्ता जायज रहेको बताउदैं सबैको सुझाब र सहयोगको अपेक्षा राखेको बताए ।
पार्टीको भातृ संगठन प्रवासी नेपाली एकता मन्चको आयोजनामा सीडनीमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै पुर्व प्रधानमन्त्री नेपालले नागरीकता विधेयकको गलत ब्याख्या गरिन नुहने बताउदै अधिकारको खातीर नागरिकता प्राप्ती महत्वपुर्ण उपलब्धी रहेको बताए । उनले प्रवासी नेपालीको माग अनुरुप एक पटकको नेपाली सधैको नेपालीको पहिलो खुटकीलोका रुपमा समेत यो महत्वपुर्ण उपलब्धी रहेको सुनाए । रेशम चौधरीको रीहाइका बिषयमा सोधिएको प्रश्नमा कानुनी अधिकार अनुरुप गरिएको निर्णय भएकोले आफलेु यस बिषयमा केहि थप बोल्नु नपर्ने भनाइ राखे । न्याय सबैलाई समान हुनुपर्दछ,कसैलाई काखा र पाखा लगाउने काम भने गर्नु हुदैन ।
संचारकर्मी र समुदायका अगुवाहरुको बिविध प्रश्नको जवाफ दिदै पुर्व प्रधानमन्त्री नेपालले बिदशेमा सिकेको शिप र ज्ञानलाई नेपाल लग्न सके सबैभन्दा महत्वपुर्ण उपलब्धी हुने बताए । उनले पछिल्ला दिनहरुमा बिदेशवाट फर्केर थुप्रै युवाहरु कृषी उद्योग र व्यबशायमा संल्गन हुन थालेको शुभ संकेत आफुले पाएको बताए ।
मुलुकमा ब्याप्त भ्रष्टाचार र त्यसमा नेताहरुको संल्गनताका बिषयमा सोधिएको प्रश्नमा नेता नेपालले यसरी जवाफ दिए । सुशासनको अभावमा भ्रटाचार मौलाउने गर्दछ । राजनितीमा पनि मान, मर्यादा अनि इज्जत र प्रतिष्ठा हुन्छ त्यो पनि भुलेर भ्रष्टाचारमा संल्गन हुने अपराधी हुन, उनलाई कारबाही हुनु पर्दछ । मैले धेरै पटक सोधेको पनि छु , यत्रो पैसा कमाएर के गर्नुहुन्छ, उसिनेर नोट खानुहुन्छ भनेर।
मुलुकमा सबैवाट सबै कुरा पार लाग्दैन, त्यसैले पनि ब्यवस्था बदलिए पनि अवस्था बदलीन नसकएिको आरोप लाग्ने गर्दछ । तर मुलुकमा परिवर्तनले धेरै कुरा संभव भएको छ । त्यसलाई यर्थाथ र तथ्यको कसीमा ढाल्न सकिएको छैन , नेपालले भने । पुर्व प्रधानमन्त्री नेपालले हुन्डी मुलुकका लागि घातक भएको र यसलाई बिधिवत रुपमा सरकारी च्यानलमार्फत देशमा रेमिट्यान्स भित्राउनु पर्ने कुरामा जोड दिए ।

कार्यक्रममा अस्ट्रेलियाका लागि नेपाली राजदुत कैलाशराज पोखरेलले आफु अस्ट्रेलिया आएपछि कुटनितीक र व्यबस्थापन सुधारका बिषयमा प्रकाश पारेका थिए । उनले आफु आएपछि नगद लिने चलनमा रोक ,सहायक मन्त्रीको नेपाल भ्रमण,पासपोर्ट व्यबस्थापनमा घुम्ती सेवा , हुन्डीको रोकथाम र प्रकृयागत बैकींक व्यबस्थापनमा जोड लगायतका महत्वपुर्ण कार्यहरुको थालनी भएको बताए ।
प्रवासी नेपाली एकता मन्चका अध्यक्ष अच्युत थपलियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै गैर आवासिय नेपाली संघका उपाध्यक्ष धर्मराज अधिकारीले बिदेशी पासपोर्ट बोकेर नेपाली राजनिती र नेतालाई सराप्ने पबृती आफैमा ठिक नभएको बताए । उनले गैर आवासिय नेपालीहरुलाई प्रदत्त नागरिकता भोटिङ अधिकार सहितको हुनुपर्ने आफुहरुको माग रहेको समेत सुनाए । प्रवासी एकता मन्च अन्तराष्ट्र्रीय समन्वय समितीका महासचिब ध्रुब सुबेदीले मुलुकको परिवर्तनका संवाहक कुशल राजनितीज्ञ माधव नेपालको नेतृत्वले मुलुकको बिकास निमार्णमा महत्वपुर्ण भुमिका खेल्ने बताउदै उहाको अस्ट्रेलिया आगमनले आफुहरुमा थप उर्जा प्रदान गरेको बताए । कार्यक्रममा जनसम्पर्क समितीका अध्यक्ष शुरेस गुरुङ , सामाजिक अभियन्ता गणेश तामाङ , सुमन खरेलले शुभकामनासहित आआफ्ना जिज्ञासा राखेका थिए ।
कार्यक्रममा गैर आवासिय नेपाली संघका केन्द्रिय उपाध्यक्ष दुर्गा आचार्य ,उपमहासचिब गणेश केसी, एनआरएएनका कोषाध्यक्ष अनिल पोखरेल, सचिब संन्ध्या शाह, पुर्व महासचिब डा ज्ञानेन्द्र रेग्मी , मन्चका सल्लाहकार डा राजु मानन्धर , भरत पन्त , एनएडीएफका पुर्व अध्यक्ष डिल्ली ढकाल, बालचन्द्र भट्टराइ लगायतको उपस्थीती रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्